arrow

बुद्धले जस्तै आफै भित्र ज्योती खोज्नुस, सुखी हुनुहुनेछ

सर्वे भवन्तु सुखिन : भाग ५

logo
बुद्ध ९,
प्रकाशित २०७६ साउन १९ आइतबार
buddha-woman.jpg

काठमाडौं । कुनै मूर्ख मानिस विद्वानको सभामा बस्दैमा विद्वान बन्दैन। उ मूर्खको मूर्खै रहन्छ। आज मानिसहरु सोध्छन् भगवानले यो सृष्टि किन बनाए। आज साँचो कुरा त मानिस जोगिन चाहन्छ। भगवानले यो सृष्टि बनाए तिमि यसमा आफ्नो जीवन सार्थक गर। तर जहाँ गर्ने कुरा आउछ तब सबै सावधान हुन्छन र जोगिन चाहन्छन् यो सृष्टि किन बनाए, कसरी बनाए ? भनेर। यस कुरालाई छोडौ । प्रश्न यो हो कि जब हामी पृथ्वीलाई देख्छौ तब यो बनिएको प्रकृति देख्छौ । यसलाई तपाई यस्तो भन्न सक्नुहुन्न कि मानिसले बनाइ रहेको छ वा अन्य कुनै मानिस ग्रहहरुलाई जोडिरहेका छन् ।

यसको मतलब यो हो कि जब बनाइएको सृष्टि हामी सामु छ र हामी यसमा छौ भने हामी के हौ त्यो जानौ । आज हरेक व्यक्ति भन्नमा हिचकिचाउछन् कि हामी सुखी छौ किनभने सबै दुखी छन् । यो महामारी सरह भएको छ । कसरी भए यो कुरामा डाक्टर आफ्नो समय व्यर्थ गर्नेछ जब सम्म त्यसको उत्तर दिइरहेनेछ तब सम्म उसको समाधान हुनेछैन । उपचार तब हुनेछ जब डाक्टर उसलाई औषधि लेखेर दिनेछ त्यो व्यक्ति त्यो औषधि किन्नेछ र मुखमा हालेर निल्नेछ ।

सं‌सारमा प्रत्येक व्यक्ति तीन व्याधि, तीन तापबाट पिडित छन्। हरेक व्यक्ति आधिदैविक ताप, आधिभौतिक ताप र अध्यात्मिक तापबाट पिडित छन् । आधिदैविक तापको मतलब प्राकृतिक प्रकोप । जुन प्राकृतिक प्रकोप अधिक गर्मी हुने अधिक चीसो हुने भूकम्प आउने बाढी आउने यी सबै आधिदैविक ताप हुन् ।

कोहि विरामी हुनु लगायत जटिल स्वास्थ्य समस्या हुनु यी सबै आधिभौतिक ताप हुन। अध्यात्मिक ताप भनेको आत्मालाई नजान्नु हो । यी तीन तापबाट प्रत्येक व्यक्ति पिडित छन् । हामी कसरी आफ्नो जीवनलाई सार्थक बनाउने जीवनमा कसरी सुख शान्ति ल्याउने । मुल तत्व त यो हुनुपर्छ यो हरेक व्यक्तिको प्रश्न हुनुपर्छ।

एक व्यक्ति जंगलमा शिकार खेल्न गए । शिकार खेल्ने क्रममा उनि घायल भए । त्यो समय ती व्यक्ति उपचारको खोजिमा हुन्छन् उनि डाक्टर ब्राह्मण हुन कि तल्लो जातीका त्यसमा कुनै मतलब हुदैन त्यस समय बाणलाई उनको शरीरबाट निकालेर मलम पट्टि गर्नु पहिलो आवश्यकता हो । यस्तै हामी मानिस भित्र पनि अशान्ति रुपी  एक बाण लागेको छ  र हामी शान्ति चाहन्छौ । यदी हामी संसार भित्र दुखलाई भोगि रहेका छौ भने यो भन्ने छैनौ कि भगवान ब्राम्हण थिए,  क्षेत्रिय थिए, वैश्य थिए वा शुद्त्र उनले सृष्टिलाई कसरी बनाए, किन बनाए । हामी यो भन्ने छौ कि  हाम्रो हृदयमा अशान्ति रुपी वाण लागेको छ  र हामी शान्ति चाहन्छौ । यसकारण उ यस्तो वैध भएको ठाँउमा जानेछ, यस्तो महान व्यक्ति भएको ठाँउमा जानेछ जसले उसको अशान्तिलाई अन्त गर्न सक्नेछ । तर आज त मानिस यति वेहोस भएका छन् कि उनिहरु अल्पज्ञानमा आफ्नो जीवनलाई व्यथित गरिरहेका छन् आफ्नो स्वास रुपी चन्दनलाई कोइला बनाइ रहेका छन् र दिन रात दुखको कुवामा डुब्दै गइरहेका छन् ।

यस वर्तमान जगतमा तथा यसभन्दा पहिले जति पनि हाम्रा मार्गदर्शक आए, ज्ञानी आए, सत्यपूरुष आए आफ्नो जीवन भित्र उनिहरुले एकै अनुभूतिलाई प्राप्त गरे । जस्तो महात्मा बुद्ध,  बुद्ध बन्नुपहिले उनि सिद्धार्थ गौतम थिए, एक राजकुमार थिए । उनको राज्यका विद्वानहरुले ज्योतिषिहरुले बताए कि यी जो राजकुमार छन् यी जीवनमा एक महान सन्यासी बन्नेछन् । यसकारण यदि तपाई चाहनुहुन्न कि यी सन्यासी नबनुन् तब केहि प्रबन्ध गर्नुहोस मायाको बन्धनमा बाधि रहुन् र विरक्तिलाई प्राप्त नगरुन् ।

सिद्धार्थका बुवा शुद्धोधनले यस्तै व्यवस्था मिलाए र सिद्धार्थले जीवन भित्र कुनै दुख दिएनन चारैतर्फ मायाले उनलाई यति जकडिएको थियो सिद्धार्थलाई जीवनको दोस्रो पक्ष के हो त्यतिसम्म पनि ज्ञान थिएन । तर हरेक क्रियाको प्रतिक्रिया हुन्छ । परिणामस्‍वरुप मायामा अधिकग्रस्त हुनाले बुद्ध भित्र विरक्ति आउछ। एक दिन उनको वाण विद्या सिकाउने जो निरिक्षक थिए उनले भने तिमि रुखको काण्डमा वाण हान । नित्य प्रतिदिन बुद्ध रुखको माथि बाणको अभ्यास गर्दथे । जब त्यस रुखको काण्डमा धेरै बाणले लाग्यो तब रुख हरियो रहेन र चाडै सुक्यो ।

एक दिन बुद्धले भने,'गुरुवर चारैतर्फ त बसन्त ऋतु आएको छ सबै रुख हरियाली  छ तिनिहरुमा फूल फुल्न लागेका छन् । तर जुन रुखमाथि मैले बाणको अभ्यास गर्दथे त्यो किन हरियो छैन्? ' आचार्यले भने,' सिद्धार्थ यो रुख मरिसक्यो ।' बुद्धले भने,' मृत्यु के हुन्छ ?' आचार्यले बुद्धलाई मृत्युको बिषयमा थाहा नहोस भनेर कुरालाई टारिदिए । तर सिद्धार्थलाई जान्नु थियो केहि प्राप्त गर्नु थियो  ।

जब एक दिन सायंकाल घुम्न निस्किए तब आफू सामुबाट एक शवलाई लिएर जादै गरेको देख्छन् । उनले मन्त्रीलाई सोध्छन् ,'यो के हो ?' उनले भन्छन् , 'युवराज यी व्यक्तिको मृत्यु भयो ।' उनले सोधे,'मृत्यु भनेको के हो ?' जसले आफ्नो चारैतर्फ जीवन नै जीवन देखे उसले मृत्युलाई चाडै बुझ्न सकेनन् ।
 
मन्त्रीले भने,'युवराज अब यी भित्र केहि शेष रहेन यिनलाई जो चाहनेवाला थिए  परिवारवाला थिए उनको शरीरलाई लगेर अब जलाउछन् । यसको दाह संस्कार हुनेछ ।'

अघि जादा बुद्धले एक बृद्ध व्यक्तिलाई देखे बुद्धले मन्त्रीलाई सोध्छन्,' यी को हुन्  यीनको दशा यस्तो कसरी भयो ?'

मन्त्रीले निकै सरल भाषामा जबाफ दिए, 'सबैले वृद्ध हुनुपर्नेछ ।'

अघि बढ्दै जादा एक रोगीलाई देखेर भने,' यसको दुर्दशा कस्ले गर्यो ?'  

भने,'युवराज उसको जीवनको यो दोस्रो पक्ष हो किनभने सुख छ भने दुख पनि छ । रात छ त्यसैले दिन पनि छ  ।'

यी तीन कुराले बुद्धलाई हल्लायो सिद्धार्थलाई बुद्ध बनायो । निस्किए खोजमा।  खोज्न थाले दुखको निवृत्ति कहाँ मिल्छ कसरी मिल्छ ? जादा जादै खोज्दा खोज्दै जब उनि गएर एक रुखको फेदमा बसे। बोधि बृक्षको तल बसे तब बुद्धले अनुभूति गरे । अनुभूति प्राप्त गरेपछि बुद्धले आफ्ना पाँच शिष्यलाई सबैभन्दा पहिले दीक्षा दिए ।

आज तपाई गया गए त्यही रुख पाउनुहुनेछ त्यसको तल त्यहि धर्ती पाउनुहुनेछ ।  त्यसको माथि त्यहि आकाश पाउनुहुनेछ, त्यहि हावाको लहर मिल्नेछ तर आज त्यस रुखको तल जति पनि बसे, बिश्राम गरे कोहि पनि बुद्ध बन्न सकेनन् । बुद्धले आफ्नो जीवनमा जे ज्ञान प्रप्त गरेका थिए त्यो रुखबाट लिएका थिएनन्, धर्तीबाट लिएका थिएनन, हावाबाट लिएका थिएनन, आकाशबाट लिएका थिएनन जो आज पनि उपस्थित छन् । त्यो के ज्ञान थियो जो बुद्धले आफु भित्र त्यस ज्योतिलाई देखे आफू भित्र पाए । कसैले भनेका छन्

वेखुदी छा जाये एसी दिल से मिट जाय खुदी ।
उनसे मिल्ने का तरीका अपने खो जाने मे हे ।।

जुन व्यक्ति आफैमा हराउछ, आफै आफुमा डुब्छ, आफै भित्र मौन हुन्छ उसले परमात्मालाई पायो । उनलाई भेट्ने तरिका यो हो । बुद्धले अतिरिक्त अन्य महापुरुषहरुले प्रवर्तकहरुले पनि आफ्नो अन्तर्गतकै भित्र त्यस ज्ञानको ज्योतिलाई जगाए तथा चिरस्थायी सुख शान्तीलाई प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ