arrow

कश्मीर मुद्दाबारे संयुक्त राष्ट्रको बैठकमा के-के भयो कुरा ?

बैठकमा चीनले भन्यो : कश्मीरको हालत झनै खतरनाक बन्दैछ

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
security-council.jpg

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदको अनौपचारिक बैठकमा शुक्रवार भारत प्रशासित कश्मीरबाट अनुच्छेद ३७० हटाएको विषयमा छलफल भएको छ । यो अनौपचारिक बैठक पाकिस्तानद्वारा गरिएको प्रस्तावमाथि भएको थियो । 

यो बैठक बन्द कोठामा भएको थियो । त्यसकारण त्यसभित्र के निर्णय भयो त्यसबारे भने कुनैपनि कुरा बाहिर आएको छैन । तर, बैठकपछि भारत, चीन र पाकिस्तानका राजदूतहरुले जारी गरेको पत्रकार सम्मेलनमा आआफ्नो तर्क अनुसारको जानकारी दिए । 

तीनै राजदूतले त्यसभित्र भएको निर्णयबारे केही पनि कुरा गरेनन् । संयुक्त राष्ट्रमा भारतका राजदूत सैयद अकबरुद्दीनले अनुच्छेद ३७० को मुद्दा भारतको आन्तरिक मुद्दा भएको बताएका छन् । यसको बाहिरी देश र बाहिरी मानिससँग कुनै लेनदेन नरहेको दाबी गरे । उनले भारत सरकारको यो फैसला त्यहाँको आर्थिक, सामाजिक विकासको लागि भएको दाबी समेत गरे । 

अकबरुद्दीनले यदि पाकिस्तानलाई भारतसँग कुराकानी गर्नुछ भने पहिले उसले आतंकवादीलाई रोक्नुपर्ने दाबी गरेको छ । बीबीसी हिन्दीका अनुसार चीनका राजदूतले सुरक्षा परिषदकादेशहरुले यस परिस्थितिलाई शान्तिपूर्ण रुपले सुल्झाउनु पर्ने र एक तर्फ फैसला लिन नहुने विषयमा सुझाएको बताएका छन् । 

कश्मीरमा एकदमै खतरनाक स्थिति हुन गइरहेको भन्दै चीनले यसलाई संयुक्त राष्ट्र संघमा गहन छलफल गरेर मात्रै निष्कर्षमा पुर्याउनु पर्छ । 

के भन्यो चीनले ?
बैठकपछि संयुक्त राष्ट्रमा चीनका राजदूत झांग जुनले सदस्य देशहरुमा मानवाधिकारको स्थितिलाई लिएर चिन्ता जनाएको छ । 

उनले भने, "महासचिवले समेत केही दिन पहिले यस अघि बयान दिएका थिए । सुरक्षा परिषदको यो बैठकको चर्चामा जे मैले सुनेँ । त्यसको आधारमा कुरा गर्दा सदस्यहरुले जम्मू-कश्मीरको ताजा स्थितिलाई लिएर गम्भीर चिन्ता जाहेर गरेको छ । 

उनले भने, "सदस्य राष्ट्रहरु त्यहाँको मानवाधिकारको हालतलाई लिएर समेत चिन्तित छन् र सदस्यहरुको यो आम रायसमेत छ कि सम्बन्धित पक्ष यस्तो तर्फको कदम उठाउनबाट बचोस् । जसले तनाव अधिक बढोस् । किनकि त्यहाँको हालत झनै खतरनाक बन्दै गएको छ । 

के भने पाकिस्तानी राजदूतले ?
यस क्रममा चीनले लद्दाखको मुद्दा समेत उठाएको थियो । उसका अनुसार अनुच्छेद ३७० लद्दाखबाट समेत हटेको छ । जसले त्यहाँको सम्प्रभुतामाथि यसले हमला गरेको छ । 

त्यस्तै, पाकिस्तानले कश्मीर मुद्दाको अन्तरराष्ट्रीयकरण गरेकोमा खुशी जनाएको छ । पाकिस्तानी राजदूत मलीहा लोधीले कैयौं दशकपछि संयुक्त राष्ट्र सुरक्षा परिषदमा यो मुद्दा उठेको छ । यस मञ्चमा यो मुद्दा उठेपछि यो भारतको आन्तरिक मामला होइन भन्ने कुरा पुष्टि भएको बताएका छन् । 

यस बैठकमा पाकिस्तान र भारत शामेल थिएनन् । किनकी यी दुबै देशहरु संयुक्त राष्ट्र सुरक्षा परिषदका सदस्य होइनन् । 



लोकप्रिय समाचार
नयाँ