- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाकिस्तानले एलओसीमा फेरि गोलीबारी गरेको छ । मंगलबार मेंढरको मनकोट, कृष्णा घाटी तथा किरनी क्षेत्रमा पाकिस्तानी सेनाले चौकीहरुलाई निशाना बनाएर गोलीबारी गरेको हो ।
उक्त घटनामा एक भारतीय सुरक्षाकर्मी मारिएका छन् । अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् ।
एक नागरिकको समेत मृत्यु भएको छ । मंगलबार बेलुकीसम्म रोकीरोकी आक्रमण भएको बताइएको छ ।
दबराज गाउँमा थुप्रै घरहरुमा समेत नोक्सानी पुगेको बताइएको छ । किरनीमा दुई सरकारी स्कुलमा क्षति पुगेको छ ।
भारतीय सेनाले यसको जवाफ दिएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । सैन्य प्रवक्ताका अनुसार जवाफी कार्वाहीमा पाकिस्तानी सैनिकतर्फ तथा पोष्टहरुमा ठूलै क्षति भएको छ ।