arrow

धर्म परिवर्तन मान्य छैन : गगन थापा

सरकारसँग देश चलाउने क्षमता र नियत देखिएन

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
gagan-thapa-nawalpur-fm.jpg

कावासोती । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले धर्म परिवर्तन गर्नु संविधानविपरीतको कार्य भएको बताएका छन् ।

नवलपरासी पूर्व नवलपुरको दुम्किवासमा नेपाल विद्यार्थी सङ्घले शुक्रबार आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थिको सम्मान कार्यक्रममा उनले कुनै पनि प्रकारबाट गरिने धर्म परिवर्तन मान्य नहुने बताए ।

“धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छ”, उनले भने। धर्म कुन मान्ने नागरिकको आफ्नो व्यक्तिगत अधिकार भए पनि कसैलाई जबरर्जस्ती धर्म परिवर्तन गराउन नहुने नेता थापाको भनाइ थियो ।

शुक्रवारनै कांग्रेस केन्द्रीय सदस्य एवं सासंद गगन कुमार थापाले पूर्वी नवपरासीको कावासोतीमा नवलपुर एफ एमको छैठौं वार्षिक उत्सवको अबसरमा आयोजित विशेष सास्कृतिक कार्यक्रममा बोल्दै संवैधानिक व्यवस्थामा कहि कतै खतरा छ भने त्यो सोहि व्यवस्थाबाट निर्वाचित भएर सरकार चलाईरहेकोहरुबाट नै व्यवस्थालाई सबैभन्दा बढि खतरा रहेको दावी गरे। 

थापाले सरकारलाई बसको रुपमा अर्थ लगाउदै भने “जसले हामीलाई गाडी लिएर गन्तब्यमा पुर्याउछु भन्ने जिम्मा लिएको छ न उसँग गाडी हाक्ने क्षमता छ न त गाडीलाई ठिक गन्तब्यमा पुर्याउने नियत छ। ”क्षमता र नियत ठिक नभएपछि गाडि कुनैपनि बेला दुर्घटनामा पर्न सक्ने बताउदै केन्द्रीय सदस्य थापाले सरकार संचालन गर्न जिम्मा लिएकोले नै सहि ढङगले अगाडि बढाउन नसकेको आरोप लगाए।  

नेपालको ईतिहासमा अहिलेसम्मकै बलियो सरकार भएपनि प्रधानमन्त्री ओलीले नेपाली माटोमा पाएको अनुकुलतालाई प्रयोगमा ल्याउन नसकेको थापाले बताए। थापाले अगाडी भने “दुई वर्षको अवधिमा जनताले चमत्कारको अनुभुती गर्न नपाएपनि सानोतिनो परिवर्तनको अनुभुती गर्न पाउनुपर्ने हो तर सरकारले उपलब्धीविहिन काम गरिरहेको छ। ”

एमाले र माओवादीका पूर्व नेता साथिहरुले अहिलेको सरकारले यो गर्यो, त्यो गर्यो भनेर भन्ने आट गर्नुहुन्न, फरक ठाउमा फरक विचार राख्दै हिडेपनि रोष्टममा चर्को स्वरमा बोले पनि ससंदको चमेना गृहमा तपाईहरुले ठिक भन्नुभएको छ भन्ने गरेको थापाले बताए।

कम्बोडियाको उदाहरण दिदै थापाले भने “कम्बोडियामा अदालत छ तर हुन्सेक पाटीले चाहेको भन्दा पर अदालतले निर्णय गर्न सक्दैन, प्रहरीले पाटीले चाहेको मान्छेलाई मात्र थुन्न सक्छ, प्रशासन र प्रेसको पनि उहि अवस्था छ सोहि अवस्थामा नेपाललाई लाने नियत अहिलेको सरकारले गरेको छ। ” यो अवस्थाले देशलाई ठुलो दुर्घटनामा धकेल्न सक्ने भन्दै थापाले अब व्यवस्था जोगाउन सबैले सचेत भुमिका निर्वाह गर्नुपर्ने बताए।

कार्यक्रममा खुल्ला भजन प्रतियोगिता, शंखध्वनी प्रतियोगिता र विद्यालय स्तरीय तीज गीत प्रतियोगिता समेत गरिएको थियो। जसअन्तरगत खुल्ला भजन प्रतियोगितामा गृहीणी भजन समूह प्रथम, विकल्प भजन समूह दितिय र नवदुर्गा भजन समूह तृतीय भए। यस्तै विद्यालय स्तरीय तीज गीत प्रतियोगिता अन्तर्गत नोबेल एकेडेमी प्रथम, जनता मावि विष्णुनगर दितिय र विश्वज्योति आवाशीय मावि तृतीय भए। यस्तै शंखध्वनी प्रतियोगितामा गगांधर न्यौपाने प्रथम ऋषीराम बेलबासे दितिय र शुदर्शन अधिकारी तृतीय भए। शंखध्वनी र भजन प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार ५ सय ५५ द्धितिय हुनेलाई ३ हजार ३ सय ३३ र तृतीय हुनेलाई २ हजार २ सय २२ प्रदान गरिएको थियो भने विद्यालय स्तरीय तीज गीत प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

नवलपुर एफएमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिमा गण्डकी प्रदेशका सांसदहरु कृष्ण चन्द्र नेपाली, विष्णु लामिछाने, नवलपुर एफएमका संरक्षक याम प्रसाद भुसाल, नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे थिए। कार्यक्रममा नवलपुर एफएमका कार्यकारी निर्देशक मुना दाहालको स्वागत मन्तव्य रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ