arrow

डिसहोमको फण्ड ट्रान्सफरबाट रिचार्ज गर्दा छुटै छुट

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
fund-transfer-dishhome.jpg

काठमाडौं। डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागि विभिन्न अफरहरु सार्वनजिक गरेको छ। डिशहोमले फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारि छुट दिने योजना सार्वजनिक गरेको छ।

अनलाईन मार्फत सजिलै विनाकुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिने बताएको छ। फण्ड ट्रान्सफर सेवामार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटवाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त हुने बताइएको छ।

फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानीलिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवाप्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन। ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानीलिन सकिने बताइएको छ।

बार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहनुभएको बेसिकप्याकेज ३६०० मै हेर्न सकिन्छ। यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिकप्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्धहुनेछ। 

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध रहेका छन्। फण्ड ट्रान्सफर सेवा, अफर अन्तरगतका प्याकेज र एड अन प्याकेजकोवारेमा विस्तृत जानकारी डिशहोमको आधिकारीक विक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

नेपाल भर सम्पुर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बिक्री संजाल, नेपाल भर २४ घण्टा भित्र(भौगोलिक बिकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक) मर्मत तथा बिक्री पछिको सेवाप्रदान गर्न सक्षम, हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र संचालन, डिशहोमको सेट टप वक्समालाईफ टाईम वारेन्टी, मोवाइलएप, ग्राहकको सुविधाको लागी ग्राहक सेवाप्रतिनिधीसंग कुरा नगरि डिशहोमको सुविधालिन सकिने आईभिआर सेवा, एस एम एस सेवा, आफ्नो आवश्यकता अनुसार छानी छानी लिन मिल्ने विभिन्नज्म तथख क्म्प्याकेजहरु, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि लगायत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेजहरु समेत उपलब्ध भएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ