- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा ब्यापक कटौती गरेको छ ।
सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुईवटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि प्रतिदिन ५ दशमलव ७ मिलियन ब्यारल कटौती गरिएको हो ।
उक्त जानकारी साउदीका उर्जामन्त्री प्रिन्स अब्दुलाजीज बीन सलमानले दिएका हुन् ।
तेल कम्पनीमा भएको आक्रमणको जिम्मा यमनको हुथी विद्रोहीले लिएको छ । हुथीका प्रवक्ताले आक्रमणमा १० वटा ड्रोन प्रयोग भएको बताएका छन् ।
आक्रमण हुँदा तेल कम्पनी र प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो ।