arrow

अपहरण तथा फिरौती मुद्दाका फरार अभियुक्त पक्राउ

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
sarlahi.png

सर्लाही । अपहरण तथा शरीर बन्धक र फिरौती मुद्दामा लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्लाको दक्षिण–पूर्वी भेगस्थित चन्द्रनगर गाउँपालिका–६, का ३८ वर्षीय सुरज मुखिया रहेका छन् । 

भारतमा लुकिछिपी बस्दै आएका मुखियालाई गाउँ आएको मौका पारी प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । 

सर्लाही जिल्ला अदालतबाट नौं वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना फैसला भई झुम्का कारागार चलान भएका मुखिया तीन फरक–फरक अपहरण तथा फिरौती माग गरिएको घटनामा संलग्न रहेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । 

मुखिया २०६६ साल असोज ७ गते वीरबहादुर साहलाई अपहरण गरी भारतको सीतामढीमा बन्धक बनाएर राखी २५ लाख रुपैयाँ फिरौती लिएको, २०६६ साल असोज १८ गते जिल्लाको सलेमपुरस्थित चमेलीमाई मन्दिरबाट चन्द्रकिशोर महतो र रामकिशोर महतोलाई अपहरण गरेको र २०६९ साल वैशाख २९ गते गान्धी भन्ने शशी सेखर लाललाई अपहरण गरी ६० रुपैयाँ फिरौती रकम माग गरिएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । तीनवटै घटनामा अपहरणमा परेकाहरुलाई प्रहरीले सकुसल उद्धार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ