arrow

आँधीखोलालाई चिनाउन जलयात्रा

पर्यटन बर्षमा पर्यटकको आगमन बढाउने तयारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असोज २ बिहिबार
Wonderful_waling.jpg

स्याङ्जा । नागबेली झै वगेको जिल्लाको एतिहासिक रुपमा रहेको आँधीखोलालाई चिनाउन साहासिक जलयात्रा गरिने भएको छ । संविधान दिवसको अवसर पारेर वण्डरफुल वालिङ पर्यटन विकास संस्थाले दुई दिने साहासिक जलयात्रा गर्ने भएको हो । संस्थाले पत्रकार सम्मेलन गरेर आँधीखोलाको बचाउ सगै यसलाई देश र अन्तराष्ट्रिय स्तर सम्म चिनाउन साहासिक (र्‍याप्टीङ्) जलयात्रा गर्ने जानकारी दिएको हो । धार्मिक एवं पौराणिक किंवदन्तीसँग जोडिएको आँधीखोलामा साहसिक जलयात्रा गरिने छ कार्यबहाक अध्यक्ष आशिष प्रताप खाँणले भने,“पहिला देश अनिमात्रै विदेश’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै पर्यटनबर्ष २०२० लाई सफल बनाउने हाम्रो गन्तव्य हो ।”

संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहकार्यमा भीरकोट १ हेलुदेखि वालिङ १३ बायँटारीसम्म जलयात्रा हुने खाँणले बताए ।  “नेपाल भ्रमण वर्ष सन् २०२०” लाई लक्षित गरी कात्तिक ९ गते ‘वण्डरफूल वालिङ बाईक राईड २०१९’ गर्ने भएको छ । वालिङ नगरपालिकाका ७ वटा वडा र भीरकोट नगरपालिकाका २ वटा वडालाई छुने गरी रुट निर्माण गरिएको कार्यबहाक अध्यक्ष खाँणले बताए ।  “यस संस्थाको अगुवाईमा विगतका वर्षमा पनि आँधीखोलामा सफल जलयात्रा गरिसकिएको छ” संस्थाका कार्यबहाक अध्यक्ष खाँणले भने, “यो बर्षपर्यटन भएकाले पनि प्रथामिकता दिएर यो अभियानलाई निरन्तरता दिएका हौं ।” आँधीखोलालाई प्रचार प्रसार गर्न सकेमा वालिङ लगायत आसपासका क्षेत्रमा पर्यटकको आवागमनमा टेवा पुग्छ खाँणले भने ।  

पत्रकार सम्मलेनमा दिईएको जानकारी अनुसार वण्डरफूल वालिङ पर्यटन विकास संस्थाले ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ र ‘लुम्बिनी भ्रमण वर्ष सन् २०१९’ लाई लक्षित गरी असोज १७ गते वालिङमा ‘सुरताल साङ्गीतिक भ्रमण २०७६’ गर्ने भएको छ । उक्त कार्यक्रममा समीर घिसिङ (भिटेन), प्रकाश सपुत, बिक्रम बराल, चोलेन्द्र पौडेल, सन्तोष बस्याल, बबी सुनार, आकृति नेपाली लगायतका अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने संस्थामा सदस्य गणेश राउतले जानकारी दिए । वालिङ खेलमैदानबाट शुरु हुने ५० किलोमिटरको बाईक र्‍याली बाँयटारी, अकलादेवी, सिर्सेकोट मैदान, डुम्रेभञ्ज्याङ, सिरकोट, स्वरेक मैदान, अमले हुँदै वालिङ खेलमैदानमा आएर टुङ्गिने बताईएको छ । गण्डकी प्रदेश, वालिङ नगरपालिका र वण्डरफूल वालिङ पर्यटन विकास संस्थाको संयुक्त आयोजनामा ‘वण्डरफूल वालिङ बाईक राईड २०१९’ गर्ने गरी तयारी गर्न वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सुझाव दिए ।
 
“वालिङ तथा आसपासका क्षेत्रमा लुकेर रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं पुरातात्विक महत्वका स्थानहरुको प्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्नका लागि यो अभियान महत्वपूर्ण हुनसक्छ” नगर प्रमुख खाँणले भभने, “अब त्यसको तयारीका लागि धेरैभन्दा धेरैलाई सहभागी बनाएर, सबैलाई अपनत्व हुने गरी बढाउन आग्रह गर्दै नगरपालिकाले सहयोग गर्ने र गण्डकी प्रदेश सरकार पनि यस अभियानमा जोडिने गरी अगाडि बढ्नुपर्छ ।” पर्यटन विकास सबैको साझा अभियान भएकाले केन्द्र सरकार र प्रदेश सरकारले पनि यो अभियानलाई साथ दिनु पर्छ नगर प्रमुख खाँणले भने ।

अभियान अन्तर्गत रुटमा पर्ने विभिन्न समुदायका होमस्टेहरुमा सांस्कृतिक झाँकीहरु तथा स्वागत कार्यक्रम रहेको बताइएको छ । समग्र वालिङ र आँधीखोलालाई चिनाउन जुन अभियानका साथ यो संस्था लागि परेको छ यो सकरात्मक पक्ष रहेको यहाँका उद्योगी व्यवसायीहरुले बताएका छन् । सबै व्यवसायीलाई सहयोग गर्न समेत आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ