arrow

कांग्रेस सांसद मोहन आचार्यद्धारा शुभकामना  व्यक्त

logo
प्रकाशित २०७६ असोज ३ शुक्रबार
mohan-acharya-rasuwa1.jpg

रसुवा । नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले असोज ३ नेपालको इतिहासमा अत्यन्त महत्वपूर्ण दिनका रुपमा रहेको बताएका छन् । 

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदिबहीनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन् । 

आचार्यले संविधान निर्माणका लागि आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण समेत गरेका छन् । 

उनको शुभकामनामा भनिएको छ –‘मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक नमन गर्दछु । संविधानले दिएका अधिकारलाई ग्रहण गरी संविधान दिवस मनाउन हार्दिक शुभकामना व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ