arrow

प्रेस युनियन मेट्रो एफ एममा भट्टराई

logo
प्रकाशित २०७६ असोज ४ शनिबार
Npu-metro.jpeg

काठमाडौं। नेपाल प्रेस युनियन मेट्रो शाखाको अधिबेशन शनिवार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशन कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटीले केन्द्रीय अधिबेशनको मिति नजिकिदै जादा बाकी रहेका सबै शाखाहरुलाई समयमै अधिबेशन गर्न आग्रह गरे। 

अधिबेशनबाट अध्यक्षमा चन्द्रमणि भट्टराई चयन भए भने उपाध्यक्षमा यज्ञराज घिमिरे भए। त्यस्तै सचिवमा मिलन थापा चयन भए भने कोषाध्यक्षमा प्रेम खनाल भए। त्यस्तै सदस्यहरुमा लक्ष्मी नारायण भट्टराई, सुमन आचार्य र बिक्रम अधिकारी चयन भए।

त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधीमा गंगा प्रसाद दाहाल, शिवराज रेग्मी र गजेन्द्र राज ओझा चयन भए। त्यस्तै भेलाले चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ जसमा योगेश केसी, राम प्रसाद पौडेल, शिवजी भट्टराई र गंगा  प्रसाद दाहाल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ