arrow

 पैदलयात्रीलाई ठक्कर दिएर मार्यो बसले 

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
accident-final.jpeg

चितवन । भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट शनिबार राति पैदलयात्रीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।     
     
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना राति १२ः३० बजे भएको हो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ