बुद्धले २० बर्षको उमेरमै जे बुझे

तीन प्रकारका मनुष्य

प्रकाशित मिति : २०७६ असोज ५ आइतबार

काठमाडौं। संसारमा तीन प्रकारका मनुष्य हुन्छन्। उत्तम, मध्यम अनि कनिष्ट। उत्तम मनुष्यको बुद्धि तेलको थोपा जस्तो हुन्छ। तलाउमा तेलको एक थोपा हाल्यो भने पूरा तलाउको पानीमा फैलिने छ । मध्यम मनुष्यको बुद्धि फलाम जस्तो कडा हुन्छ। फलामलाई आगोमा तताएर मार्तालले बेस्सरी पिट्यो भने मात्र त्यसको केहि चीज बन्छ। कनिष्ट या नीच मनुष्यको बुद्धि ढुंगा जस्तो हुन्छ। यदि ढुंगालाई आगोमा हालेर ततायो भने चडकेर फुट्छ र तताउनेलाई नै चोट लाग्ने छ। यदि कारीगरले गढेर कुनै चीज बनाउन चाह्यो भने पनि अलिकति ठेस लाग्न साथै सारा मेहेनत बेकार हुन्छ। मध्यम श्रेणीको मनुष्य त संगत पाएर सुध्रन्छ, तर कनिष्ट श्रेणीको मनुष्य त जहाँ पनि जान्छ अरुलाई दुखै मात्र दिन्छ।

आज संसारमा मानिसहरू राम्रो घर, राम्रो खाना र उच्च पद पाउनलाई सकेसम्म जोड़ लगाइरहेका छन् । बस, त्यसैमा मानिसहरूले सुख-शान्ति सम्झेर बसेका छन् । त्यसदेखि अगाडि के छ? मरेपछि के हुन्छ ? कहाँ जानेछौं? यस कुराको कसैलाई ख्यालै छैन । सारा संसार मायामा बगेर गोता खाइरहेको छ अनि डुब्दै गएर पनि कराइरहेको छ-शान्ति हुनुपर्छ! शान्ति मिल्नु पर्छ!! तर शान्तिको केहि पत्तो छैन कि वास्तविक शान्ति कहाँबाट कसरी मिल्छ । यो राम्रो मान्छेका लक्षण हाईन। उत्तम मनुष्य त संसारी भोगहरूमा धकेल्दा पनि लाग्दैन।

जसको पूर्व जन्मको कमाई राम्रो हुन्छ, उसले त भोगहरू मिल्दा पनि यहि सोच्छ कि आखिर संसार के चीज हो? यसलाई बनाउनेवाला को हो? अनि यसलाई किन बनाएको हो? जीव दुःखी किन छ? अनि उसलाई सुख कसरी मिल्छ ?

जुन समय महात्मा बद्धको जन्म भयो, त्यस समय ज्योतीषिहरूले बताए यो बच्चा साधारण बच्चा होईन । यो एक महापुरुष, एक योगी बन्ने छ। उनको पिताले उनको चारैतिर कडा पहरा लगाईदिए। उनको बाहिर घुम्न सबै बन्द गरेर ऐश-आरामको चीजहरूमा उनको जीवन लगाईदिए। बीस वर्षसम्म यसरी नै उसको जीवन चलिरह्यो।

एक दिन रथमा बसेर जब सिद्धार्थ (महात्मा बुद्ध) शहर घुम्न निस्के, तब एउटा शवलाई देख्नेर सारथीलाई सोध्छन्, यो को हो? सारथीले भन्छन्, महाराज! यो पनि एक समय हामी जस्तै जीउँदो थियो। हाँस्थ्यो, बोल्थ्यो, हिंडथ्यो, खान्थ्यो, तर अब यो मरेको छ अनि मानिसहरूले यसलाई जलाउन  मसानघाटमा लगेर गइरहेका छन् । सिद्धार्थले सोधे, 'के मैले पनि एक दिन यसरी नै मर्नु पर्छ?' सारथीले भने, 'महाराज। संसारमा कोहि सदा जीवित रहँदैन, सबैले एक दिन मर्न पर्छ।'

अर्को दिन सिद्धार्थले कम्मर झुकेको एकजना मानिसलाई देखे, जो लट्ठी टेकेर बिस्तार-बिस्तारै हिंडिरहेका थिए। उनलाई देखेर सिद्धार्थको मनमा ग्लानि भयो, सिद्धार्थ! यदि जीवित रहिस भने तेरो पनि यस्तै गति हुनेछ। यस्ता कुराहरू देखेपछि सिद्धार्थलाई संसारदेखि वैराग्य हुनगयो।

हामी पनि कति वृद्ध व्यक्तिहरुलाई देख्छौं, तर एक दिन । म पनि यस्तै बूढो हुनेछ भनेर सोच्दैनौं । कति शवहरू बोकेर मसानघाट गयौं होला, तर सबैले यहि सोच्छन कि मर्नलाई यहि आएको थियो, म त सँधै बाँचिरहने छु। तर यो थाहा छैन हामी पनि यसरी नै जल्नेछौं, मानिसहरूले हामीलाई पनि यसरी नै मसानघाटमा लगेर जलाउने छन् ।

महात्मा बुद्धलाई पिताको राज्य पनि मिलेको थियो, पत्नी र छोरा पनि थियो । तर बुद्धले साँचो कुराको लागि, स्थायी शान्तिको लागि सबै कुराको मोह त्यागे। रातको समय रथमा बसेर आफ्नो राज्यको सीमासम्म आए अनि रथ फर्काएर आफू पैदलै हिंडेर गए। बाह्र बर्षसम्म यता-उता अनेक साधु- महात्माहरूकोमा भटकिरहे। उनले यहाँसम्म साधन गरे कि बिस्तार-बिस्तारै खाना खान छोडदै गए। खाना नखाएकोले शरीर एकदम कमजोर भयो अनि बाटोमा लडे।

एक स्त्रीले आएर उनलाई खीर दिईन् । त्यो दिनदेखि उनले खाना खान थाले । अन्य तपस्वीहरूले सोचे, यो त अब गयो, यसको त पतन भयो । तर महात्मा बुद्धले विचार गरे, मैले साधन मनको गर्नु थियो, तर शरीरको साधन गर्न थाले, यसैकारण कष्ट भोग्नु पर्‍यो। त्यसपछि महात्मा बुद्धले मनलाई एकाग्र गर्ने साधनको ज्ञान प्राप्त गरे अनि मनलाई एकाग्र गरेर आफ्नो हृदयभित्रको ज्योतिलाई देखे । यहि नामको बोध या ज्ञान हो। त्यसपछि उनले आफ्नो जीवनमा साँचो प्रकाश र नामको प्रचार गरे । उनले आफ्नो शिष्यहरूलाई उपदेश दिदा यहि सम्झाउथे कि चीजहरुको संग्रह धेरै नगर, शरीर ढाक्ने लुगा र पेट भर्ने खाना मात्र राखेर बाँकी अरुको सेवामा लगाऊ।

आज महात्मा बुद्धलाई संसारका धेरै मानिसहरुले मान्दछन्। चीन, जापान, बर्मा, लंका आदि देशहरूमा बुद्धलाई मान्नेहरू बेसी छन् । हामी महात्मा बुद्धलाई भगवानको चौबीस अवतारहरूमा एक मान्दछौं।

भन्नुको भाव यो हो कि उत्तम मनुष्यले आफ्नो जीवन परमात्मामा लगाउँछ अनि निकृष्ट मनुष्य जीवनभर भोगहरूको पछाडि दौडिरहन्छ।

नयाँ