arrow

दाइलाई खुकुरीले हानेर झुण्डियो भाइ    

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
khukuri.jpg

फिक्कल । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । 

दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए । 

घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ । घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो । इलाममा उपचार सम्भव नभएपछि झापातर्फ लगिएको छ ।   
  
 घाइतेको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३०० मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ