arrow

 ‘संविधान संशोधनको मुद्दामा सङ्घर्ष जारी’  

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
rajendra-mahato-new-aa.jpeg

लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन् । 
     
 राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको १३औँ दिनको पूण्यतिथिमा सोमबार आयोजित श्रद्धाञ्जलिसभामा नेता महतोले संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधानको स्वागत गर्न नसकिने बताए । 

उनले भने, “संविधान संशोधन गर्नुपर्छ ।” मधेशी जनताको हकअधिकार अझै सुनिश्चित भई नसकेको उनको धारणा थियो ।

श्रद्धाञ्जलिसभामा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रदेश वनमन्त्री रामनरेश राय, वन राज्यमन्त्री सुरेश मण्डललगायतको उपस्थिति थियो ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ