arrow

ट्रकले कार ठोक्यो बस आफै पल्टियो, छ जनाको मृत्यु  कम्तीमा २० घाइते    

logo
रमेश बस्ताकोटी,
प्रकाशित २०७६ असोज ७ मंगलबार
accident-final.jpeg

कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् ।     
     
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार सोमबार राति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको छ ।     
     
दुर्घटनामा गम्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । मृत्यु हुने पाँचै जनाको नाम ठेगाना अझै खुल्न सकेको छैन ।     
     
यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडौंका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । 

ना७ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ