arrow

पुनर्वासमा प्रहरीलाई अर्को सफलता , ब्राउन सुगरसहित अबैध मालसामान बरामद

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ असोज ८ बुधबार
lagu-padartha.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी सीमान्त क्षेत्र पुनर्वासमा लागू औषध र चोरीपैठारी नियन्त्रणमा सकृयता बढाएको प्रहरीले १० ग्राम ब्राउन सुगर सहित चोरीपैठारीको मालसमान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरीको गस्ती टोलीले मंगलबार पुनर्वास नगरपालिका ६ ङ गाउँ बाट १० ग्राम ब्राउन सुगर सहित दुई जना युवकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।

पक्राउ पर्नेहरुमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ बस्ने वर्ष २३ कि मञ्जु चौधरी र कैलालीको धनगढी उपमहानगर पालिका १३ बस्ने सन्तोष राना रहेको प्रहरी निरीक्षक सिंहले बताए । ब्राउन सुगर सहित पक्राउ पर्ने दुबै जनालाई म्याद थप गरि अनुसन्धान थाल्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

यसै गरि भारतीय बजारबाट चोरीपैठारी गरि ल्याएको चिनी ६ क्विन्टल , पोलि ब्याग १० बन्डल ,कम्मल तन्ना  ३० थान , प्लास्टिकको कुर्सी १० थान बरामद गरि भन्सार  पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

कैलाली कञ्चनपुरको सीमा नाका गौरीफन्टामा प्रहरीले लागू औषध नियन्त्रणमा कडाइ थाले पछि लागू औषध कारोबारीहरुको लागि पुनर्वास  सुरक्षित थलो बन्न थाले पछि प्रहरीले सकृयता बढाएको हो ।

१ वर्षको अवधिमा पुनर्वासमा मात्रै ६ वटा ब्राउन सुगर पक्राउको घटना उजागर भएका छन । खुला नेपाल भारत सीमा र अप्रयाप्त प्रहरी जनशक्तिका कारण पुनर्वासमा बढ्दै गरेको लागू औषधको कारोबार नियन्त्रणमा चुनौती देखिएको जानकारहरु बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ