arrow

बीच बजारमा रहेको पसलमा सटर फुटाएर चोरी गर्ने गिरोह पक्राउ

logo
निरंजनकुमार साह, 
प्रकाशित २०७६ असोज ९ बिहिबार
janakpur1.png

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको अगाडि रहेको एउटा पसलमा सटर फुटाएर चोरी गर्ने चोरको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान करिब साढे ३ बजे जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेको चोरलाई गोली हानेर प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह, रौतहटकै वृन्दावन नगरपालिका वडा नम्बर  १ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला वैरगनीया वडा नम्बर  ७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम वडा नम्बर ४ मा डेरागरी बस्ने ४० वर्षीय इलियास राइन रहेका प्रहरी स्रोतले जनाएको छ ।

ग्रामिण क्षेत्रमा गस्ती गरी जिल्ला प्रहरी कार्यालय फर्किरहेको सादा पोसाकमा रहेको प्रहरी टोलीले डाकालाई समातेको छ।  बिहान करिब साढे ३ बजे भानु चौक र शिबचौक को बिचमा रहेको  सटर दुई फिटजति उठेको र भित्र बत्ती बलिरहेको देखेपछि प्रहरीले गाडी रोकेका थिए ।

मान्छे आएको थाहा पाउने बित्तिकै सटरभित्रबाट चार जना निस्केर दुई जना शिव चोकतर्फ र दुई जना भानु चोकतर्फ भागेका थियो ।  प्रहरीले लखेट्न सुरु गरेपछि दुई जना जनकपुर उद्योग वाणिज्य संघको कार्यालयतर्फ भागे । उक्त कार्यालयको मोडमा पुगेपछि एउटाले प्रहरीलाई पेस्तोलले ताकेपछि प्रहरीले गोली चलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय  र क्राइम ब्रान्चका   कमाण्डमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेका छन् । प्रहरीलाई  नै पेस्तोलले ताकेपछि सुरुमा एक राउण्ड हवाइ फायर गरें । फेरी डाकाले  निशाना बनाउन थालेको देखेपछि प्रहरीले तीन राउन्ड गोली चलाएका छन् ।

सबै गोली ती चोरको घुँडा आसपासमा लागेका छन् । त्यसतर्फ भाग्ने गोली लागेर घाइते भएका विनोद सिंहसमेत दुई जनालाई त्यही पक्राउ गरेका प्रहरी स्रोतले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ