प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालयमा

प्रकाशित मिति : २०७६ असोज ९ बिहिबार

काठमाडौं । प्रभु बैंकले मकवानपुरको हेटौडा उप महानगरपालिका स्थित जिल्ला प्रशासन कार्यलयमा आफ्नो एक्स्टेन्सन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ ।  जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले  बिना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमार्फत आर्थिक कारोबार गर्ने विश्वास बैंकको रहेको छ । 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकको दाबी रहेको छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ