arrow

प्रशासकिय अधिकृतले २ महिनामै भ्याए २४ हजारको घ्यू

logo
प्रकाशित २०७६ असोज ११ शनिबार
Tek-kumar-regmi-urlabari.jpeg

उर्लाबारी । उर्लावारी नगरपालिकाका मेयर खडग फागोले कुटपिट गर्न खोजेको आरोप लगाउने प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले कर्मचारीलाई उल्टै थर्काउने गरेको खुलाशा भएको छ ।

मेयर फागोलाई आरोप लगाउदै ज्यानको सुरक्षाको माग राख्दै विराटनगर गएका नगरपालिकाका रेग्मीले मातहतका कर्मचारीलाई थर्काउने गरेको गुनासो आएको हो । नगरमा मेयर र उपमेयरबिच बिबाद बढ्दै गएको बेला रेग्मीले सहजिकरण गर्नुको सट्टा मौकाको फाईदा लिन खोजेको कर्मचारीले गुनासो गरेका हुन । रेग्मीले कार्यालयमा हाजिर भएको २ महिना हुदै छ तर राशन र आवास खर्च भन्दै मनोमानी खर्च गर्ने र कर्मचारीहरुको बिरुद्धमा मेयरलाई पोल लगाउने गरेको मेयर फागोले बताए ।

अधिकृत रेग्मीले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको समाग्री समेत नगरपालिकाको नाममा विल बनाएको खुलेको छ। अधिकृतले २ महिनामा मात्रै २४ हजारको घ्यू खाएको र ९० रुपयाँको कपाल कालो पारेको लगायत अन्य अनावस्यक बिल कार्यलयमा पेस गरेका छन् । बिबादास्पद छबिका उनि रामेछापको मन्थली नगरपालिकाबाट पनि लखेटिएका थिए । यस अघि रेग्मी कार्यरत ३ स्थानमा समेत यस्तै बिबादित भै सरुवा भएका कर्मचारीले बताएका छन ।

नगरपालिकामा पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले अधिकृत रेग्मीमाथि यस्तो आरोप लगाएका हुन्। कर्मचारीहरुले अधिकृत रेग्मीकै कारण तलब भत्ता नपाएको, कार्यलयको काम गर्ने वातावरण कारण नभएको लगायतका आरोप लगाएका छन् । प्रशासकीय अधिकृत रेग्मीका भान्सेकारुपमा कार्यरत रहेका यज्ञ कोइरालाले अधिकृतले चोर सम्मको आरोप लगाएर मानमर्दन गरेको आरोप लगाए । करारमा कार्यरत कर्मचारीको जागीर खाइदिने र रेग्मीले करार म्याद थप गर्न पैसाको वार्गे्निङ्ग गर्ने गरेको आरोप नगरपालिकाको हलुका सवारी चालकका रुपमा कार्यरत वसन्त पौडेलले आरोप लगाए ।

यस्तै, शिक्षा शाखामा कार्यरत शम्भु प्रसाद भट्टराईका अनुसार कर्मचारीले सहज साथ नगरपालिकामा काम गर्ने वातावरण नबनेको अवस्थामा मेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको खटपटले थप समस्या भएको बताए। नगर भित्रका ८० जना कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले समेट्न नसकेको उनीहरुको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ