arrow

पल्पाबाट बुटवल आउँदै गरेको बसमाथि ढुंगा खस्यो, ५ जना घाइते

logo
प्रदीप आचार्य, 
प्रकाशित २०७६ असोज ११ शनिबार
pahiro-palpa.jpg

बुटवल। पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ६१८१ नम्बरको बसमा तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै माथिबाट खसेको ढुंगाले लाग्दा बसमा सवार ५ जना घाइते भएका छन्।

बसमा २० जना यात्रु सवार रहेकोमा अन्य यात्रुलाई केही क्षति भएको छैन। शनिवार दिउँसो १ बजेर २० मिनेट जाँदा बसमा ढुंगा लागेको थियो। घटनाबाट बसका चालक तिलोत्तमा नगरपालिका ४ का बस चालक ३५ वर्षीय कमल राउत, वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउँ गाउँपालिका ६ का ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी ५ का २३ वर्षीय सन्तोष चोहान घाइते भएका छन्।

घाइतेहरुको अवस्था सामन्य रहेको र उनीहरुको उपचारको लागि प्रादेशिक अञ्चल अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ