arrow

परशुराम कुण्डमा १०० हप्ते साप्ताहिक सफाई तथा वृक्षारोपण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज १२ आइतबार

जनकपुरधाम । जनकपुरधामबाट २० किलोमिटर पूर्वमा रहेको पौराणिक ,ऐतिहासिक र  धार्मिक तपोभुमि परशुराम कुण्डलाई  १०० हप्ते साप्ताहिक सफाई अभियानको शनिबार समाजवादी पार्टीका उपनेता रामआशिस यादवको अगुवाइमा सरसफाइ र वृक्षारोपण गरिएको छ ।

मानव सभ्यताको केन्द्र कुण्ड, ताल, सरोवर, प‍ोखरी, नदी र जलाशयलाई जल संचय संरक्षणको सन्देश दिँदै स्वच्छता अभियन्ताहरु देवभुभि पर्यटकीय स्थल परशुराम कुण्ड र  सीता कुण्डलाई संरक्षणका लागि निरन्तर सफाई ,वृक्षारोपण गरिएको पर्यावरण संरक्षणका लागि भागिरथ प्रयास गरिएका छन् ।

स्वच्छता अभियानमा प्रदेश नम्बर दुई का नीति आयोगका उपाध्यक्ष अर्थ शास्त्री प्रा डाक्टर भोगेन्द्र झा, स्वच्छता अभियन्ता र प्रदेश नम्बर दुईका प्रदेश सांसद रामअशिष यादव, स्वच्छता अभियन्ता युएनडिपि एससीडीपी प्रदेश कार्यक्रम संयोजक अर्जुनकुमार कुशबाहा, स्वच्छता अभियन्ता अधिवक्ता राजकुमार महासेठ,सुरेश गुप्ता,मौनी बाबा र  स्थानीय युवा कृष,रामशरण दास,अजय झालगायतको सहभागिता थियो । 

गंगासागर सफाई अभियानबाट  प्रेरित भएर युवाहरु निरन्तर स्वच्छता अभियानमा सहभागी रहेको प्रदेश सांसद यादवले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ