arrow

मनाङ प्रहरीद्वारा चालकहरु सम्मानित

logo
राजेन्द्र न्यौपाने, 
प्रकाशित २०७६ असोज १२ आइतबार

मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङले समुदाय प्रहरी साझेदारी अन्तर्गत चाडपर्व लक्षित कार्यक्रम सवारी दुर्घटना न्यूनिकरणका लागि मनाङ जिल्ला सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ ।
 
चामे गाउँपालिका वडा नंं ४ मा भएको कार्यक्रममा मनाङका विभिन्न सवारी चालकहरुलाई अविर माला लगाई सम्मान गरिएको थियो । 

मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक श्रवण कुमार विकले सवारी दुर्घटना न्युनिकरणका लागि चालक, सहचालक, यात्रुहरु र समुदायको भूमिका कस्तो हुनुपर्दछ भनी जनचेतनामुलक अनुशिक्षण प्रदान गरेका थिए । 

कार्यक्रम दुर्घटना न्युनिकरण सम्बन्धी प्रचारप्रसार सामग्री समेत वितरण गरिएको थियो । सँधै प्रहरीको चेकजाँचमा पर्थ्यौं आज प्रहरीकै हातबाट अविर माला लगाउँन पाइयो यो हाम्रीलाई जिम्मेवार बनाउन गरिएको कार्य हो ग १ ज ६३१७ का जीप चालक लक्ष्मण तामाङले भने । 

प्रमुख जिल्ला अधिकारी र प्रहरीले हामीलाई माला लगाएर सम्मान गर्नु अत्यन्त उदाहरणीय कार्य भएको ग १ ज ६३९१  जीपका चालक नारायण भण्डारीले बताए ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ