arrow

गुल्मी आउँदै युवा नेता गगन थापा 

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
gagan-thapa.jpeg.jpeg.jpeg

गुल्मी । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा सोमबार (असोज १३ गते ) गुल्मीको हाडहाडेमा आउने भएका छन् ।

गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ३ नेपाली कांग्रेस वडा कार्य समिति हाडहाडेले आयोजना गरेको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्नका लागि पूर्व स्वास्थ्य मन्त्री थापा गुल्मी आउने नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका जिल्ला सदस्य पदम विष्टले जानकारी दिए ।

कार्यक्रम असोज ११ र १२ गते धुर्कोट गाँउपालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिवल खेल सञ्चालन हुने र १३ गते सोमवार बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्न आम नेपालीका ढुकढुकी थापा आउने कार्यक्रम रहेको हो । 

सोही अवसरमा राष्ट्रिय लोकदोहोरी गायक बिमलराज क्षेत्री, हरि खत्री, गणेश अधिकारी, सुनिल थापा र खुकुरी ब्याण्ड तथा स्थानीय कलाकारको समेत बेजोड साँगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।  

साथै आश्विन १४ गते अर्थात् मंगलवार गर्ने भनिएको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई प्राविधिक कारणले एक  दिन अगाडि अर्थात १३ गते अर्थात सोमवार सारिएको विष्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ