arrow

पूर्व सभापतिको आमाको निधनमा श्रद्धाञ्जली

logo
प्रकाशित २०७६ असोज १२ आइतबार

धनकुटा । धनकुटा जिल्ला छथर जोरपार्टी गाउ पालिका वडा नं. ४ तेलियाका नेपाली कांग्रेसका पूर्व सभापति समाजसेवी देव वहादुर लिम्बुको आमा फुल कुमारी लिम्बुको निधन भएकोमा  नेपाली कांग्रेस धनकुटाले आज शोक विज्ञप्ती प्रकाशित गरेको छ ।

धनकुटा छथर जोरपाटी गाउपालिका वडा नं. ४ तेलिया का समाज सेवी नेपाली कांग्रेस तेलियाका पूर्व सभापति नेपाली कांग्रेस नेता देव वहादुर लिम्बुको ८६ बर्षिया आमा फुल कमारी लिम्बुको हालै असमायिक निधनले नेपाली कांग्रेसलाई अत्यन्तै दुखित र मर्माहित बनाएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई द्धारा जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

स्वर्गीय फुलकुमारी लिम्बु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना  समेत नेपाली कांग्रेस धनकुटाले व्यक्त गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई द्धारा जारी उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ