arrow

गुल्मीको भगवति मन्दिरमा ९ दिने महायज्ञ

logo
कौरव खत्री,
प्रकाशित २०७६ असोज १२ आइतबार
mandir_(2).jpg

गुल्मी । गुल्मीको तम्घासमा रहेको भगवति मन्दिरमा देवी भागवत् महापुराण नवाह महायज्ञ आजदेखि रेसुङ्गा नगरपालिका ८ खानीगाँउ तम्घासमा शुरु भएको छ ।

भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा आइतबारदेखि आश्विन २० गतेसम्म सुञ्चालन हुने महायज्ञमा धर्म संस्कृतिको रक्षार्थ गदै मन्दिरको थप व्यवस्थापन र जेष्ठ नागरिक दिवा विश्राम ग्रह सञ्चानार्थको लागि ९ दिने देवी भागवत् महापुराण नवाह महायज्ञ सञ्चालन गरिएको भगवति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिरेसुङ्गा नगरपालिका ८ खानीगाँउ तम्घास गुल्मीका संयोजक श्रीप्रसाद भलामीले जानकारी दिए ।

महायज्ञमा प्रमुख बाचकको रुपमा चन्द्र पन्थीले कथा बाचन गरिरहेका छन् । आज पहिलो दिन अर्थात आइतवारदेखि शुभारम्भ भएको  महायज्ञमा कलाकारहरुद्धारा दैनिक रुपमा भजन किर्तन प्रस्तुत गरिरहेका छन् ।

महायज्ञबाट संकलित रकमले मन्दिरको थप व्यवस्थापन र जेष्ठ नागरिक दिवा विश्राम ग्रह निर्माण गरिने भगवति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक भलामीले जानकारी दिए । साथै महायज्ञमा सहभागि भइदिनु सबै शद्धालु भक्क्तजनहरु लागि आयोजकले आग्रह समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ