arrow

हप्ता हप्तामा कर्मचारी सरुवा र पुन: थमौतीको असन्तृष्टीमा वडाध्यक्षले गरे अधिकृतको कार्यकक्षमा तालावन्दी

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ असोज १४ मंगलबार
wasdhakshayas.JPG

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरकामा भदै १ गते सरुवा भएका कर्मचारी पुन  भाद्र १२ गते मन्त्रालयको पत्र लिएर  आएपछि   एक वडाध्यक्षले त्यंहा कार्यरत प्रमुख प्रशासकिय अधिकृत  मेघनाथ पाध्यको कार्यकक्षमा तालाबन्दि गरेका छन् । बुद्धभुमि नगरपालिका वडा न १ का  अध्यक्ष  तेज बहादुर बस्नेतले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालावन्दी गरेका छन्  ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदै १ गते मेघनाथ पाध्यालाई रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सरुवा गरेको थियो । यता बुद्धभुमी नगरपालिकामा शिवराज नगरपालिका वाट सरुवा तथा रमाना लिएर गएका शेषकान्त पौडेलको सरुवा भई ८ गते नगरपालिकामा हाजिर भएका थिए    ।  आइतबार अर्थात १२ गते  मात्र शेषकान्त पौडेललाई कार्यपालिकाको बैठक र स्वागत गरिएको थियो ।

 सोही दिन १२ गते सरुवा भएर गएका मेघनाथ पाध्याले मन्त्रालयवाट पत्र लिएको जानकारी पाएपछि वडाध्यक्षले तालावन्दी गरे ।  उनको तालाबन्दिको मुख्य माग त्यहाँ केहिदिन अघि सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलको पर्सा जिससमा भएको सरुवा बदर हुनुपर्ने  रहेको छ ।

पाध्यले सरुवा भएको  जानकारी पाएपछि  आफु बुद्धभुमि आएको १४ महिना मात्रै भएके भन्दै २ बर्ष बस्न पाउने कानुनी व्यवस्था कसरी उल्घन भयो भनेर ध्यानाकर्षण गराउन पाध्या सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगरे सरुवा पिर्ता लिएर आएका छन् । यता त्यहा कार्यरत प्रमुख प्रशासकिय अधिकृत पाध्यले अनावश्यक किचलो गरेर तालाबन्दि गरेको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको बताए ।

यता वडाध्यक्ष बस्नेतले १ मन्त्रालय वाट नै सरुवा भएर गएका पाध्या र नया आएका पौडेलको पुन सरुवा हुनु सरकारको लापरवाही भएको बताए । हामिले  सरुवा वढुवा गर्ने होइन एक पटक सरुवा भएर गएपछि पहुंच लगाएर किन आउनु पर्यो त्यसैको विरोधमा ताला लगाएको हो भने । पाध्या १३ गते कार्यालयमा आएपनि कार्यकक्षमा ताला लगाएपछि एक छिन बाहिर बसेर निस्कीएको एक कर्मचारीले कताए ।

आज नयां खाता खोलेर कर्मचारीहरुको तलव खुवाउने योजना थियो एकाएक सरुवा  र तालावन्दी भएपछि कर्मचारीको  दशै पनि तलव नपाएपछि फितलो हुने बताइएको छ । मेघनाथ पाध्या कपिलवस्तु जिल्लामा १ दशक वढि जिल्ल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चन्दौटा तथा नगरपालिका गरी जिल्लामा वस्दै आएका छन् । कैलालीको एक नगरपालिकामा २ वर्ष पहिले सरुवा भएर गएपनि १ महिना नविदै पुन कपिलवस्तु जिल्ला आएका थिए ।  

सरुवा बढुवा प्रकृया हो जो आउछ जान्छ त्यसमा कुनै समस्या नभएको र तर मन्त्रालयवाट नै १ गतेको पत्र कार्यालयमा आएको पुन आज थमौती भएको भन्ने सुन्नमा आएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । ताला लगाएको विषयमा फोन मार्फत जानकारी आएको र आफु कार्यालय बाहिर रहेकोले कार्यालय गएर त्यसवारे के कसो भएको हो जानकारी दिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ