arrow

बिकास बिरोधीहरू असफल बनाउन हात धोएर लागे पनि थाकेनन : मेयर फागो

logo
तेजन खड्का,
प्रकाशित २०७६ असोज १६ बिहिबार
mayour-fago.jpg

उर्लाबारी । स्थानीय निकायमा सर्वदलीय संयन्त्रले काम गरेका बेला कार्यकारी अधिकृत भई बाक्लो तर खान पल्केका कर्मचारीहरू यतिबेला प्रशासकीय अधिकृतको रुपमा काम गर्न भन्दा मेयरसँग पङ्गा लिनमा ब्यस्त छन् । त्यसैको एउटा उदाहरण हो मोरङको उर्लाबारी नगरपालिकाका प्रशासकीय अधिकृत र मेयर खड्गबहादुर फागो बीचको बिवाद । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले कार्यकारी बनेर काम गर्न खोज्दा मेयर फागो रेग्मीका सर्तमा सहमत भएनन् ।

त्यपछि रेग्मीले हर्कत देखाएरै छोडे । स्थानीय नेकपाका केही नेता र उप मेयर लक्ष्मीदेवी भण्डारीको बुई चढेर उनले मेयरसँग जोरी खोजे । तर, हठी स्वाभावका मेयर फागोले रेग्मीलाई टेरेनन । त्यसपछि उपमेयर भण्डारी र केही नेकपाका नेताको आडमा उनले बिराटनगर पुगेर पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनमा उनले आफ्ना एजेण्डा राखेनन । उनले मेयरले आफू माथि आक्रमण प्रयास गरेको र दुब्र्यबहार गरेको बताए । मेयरले तपाई माथि किन आक्रमण प्रयास गरे भन्ने पत्रकारको जिज्ञासामा रेग्मी नाजवाफ भए ।

आफ्नो सुविधा र क्षेत्राधिकार नाघ्दा रेग्मी जनताबाट अपहेलित बन्न पुगे । जनताबाट अपहेलित भएपछि रेग्मी मेयर खड्ग फागो विरुद्ध विभिन्न आरोप प्रत्यारोपमा उत्रिए । मुद्दा मामिलाबाट सङ्लिदै गएको नगरपालिकामा अधिकृत रेग्मीको हठले नगर भित्रका शिक्षकहरूले दशैंको मुखमा तलब पाउन सकेका छैनन् । अदालतले तलव नरोक्न आदेश त दियो तर । तलव दिने प्रमुख ब्यक्ति नगर प्रमुखसँग बिबाद गरी अन्यत्र गएपछि शिक्षकहरू दशैंको मुखमा बेखर्ची भएकाछन् । जहाँ जहाँ रेग्मी पुग्छन्, त्यहीँ त्यहीँ बिबाद हुने गरेको विगतको उनको कार्यशैली हेर्दा रेग्मी पटके हुन भन्ने प्रष्ट हुन्छ । आफू जनकारबाही परे देखि आफ्नो कारण कहाँ कहाँ लफडा भयो, सबै कुरा उनले एक अनलाइनमा खुलाएका छ्न । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम रोकियो । तर मेयरको कारण नभइ रेग्मी आफै बाधक भने ।घ्यू खाएको देखि कपाल रङ्गाएको बील सम्म उनले नगरपालिकामा पेश गरेर पैसा असुल्ने हिम्मत बटुले । जुन नगर प्रमुखलाई पाच्य भएन ।

समाचार स्रोत भन्छ – घर जाँदाको खर्च समेत भ्रमण भत्ताबाट दिन उनले मेयरलाई कानेखुसी गरे । मेयरले जनताको मेहनत र करको पैसा दुरुपयोग गर्न दिन्न भनेपछि सुरु भयो मेयर भर्सेस प्रशासकीय अधिकृत बीच भनाभन । उनी त्यति मै रोकिएनन् । कर्मचारीलाई हात लिने प्रयास गरे । कर्मचारीलाई कालोपट्टि बाँध्न आग्रह गरे । तर , कर्मचारीले रेग्मीलाई साथ दिएनन । त्यसपछि रेग्मी बिषयलाई बङ्ग्याएर घटनालाई राजनीतिक रुप दिन सक्रिय भए । शिक्षकहरुलाई तलब दिनुपर्ने दबाब मेयर फागोलाई पर्यो ।

मन्त्रालयबाट तलब दिनुपर्ने अख्तियारी आवश्यक भएपछि उनी काठमाडौं गए । काठमाडौंमा पनि उनलाई असहयोग गर्न खोजियो । न खाना खाने समय मिल्यो । न समस्या समाधानमा सहयोग मिल्यो । भोकै तिर्खै मन्त्रालय पुगे पनि ,ल ल र हुन्छ भन्ने सिंहदरबारको आश्वासनबाट मेयर फागो हैरा नबने । नगरपालिकाको काम नरोकियोस जनताले दुख नपाउन भनेर भन्दा मेयर फागोलाइ बिबिध कारण देखाइयो । बरु म सिंहदरबारमा दसै मनाउछु , जनताको काम रोकिनु हुन्न भन्दा कर्मचारी ट्वाल्ल परे । ३ दिनसम्म मन्त्रालय धाउँदा समेत कुनै काम नभएपछि मेयर फागोले उर्लावारी नगरपालिकाको काम नगरिदिए मन्त्रालयमै अनसन बस्ने चेतावनी दिनु पर्‍यो ।

त्यसपछि बल्ल मन्त्रालयका सचिव यादव कोइरालाले उर्लावारी नगरपालिकाका अधिकृत शम्भुप्रसाद भट्टराईलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित आर्थिक गतिविधिका लागि अख्तियारी दिने निर्देशन दिएँ । मेयर खड्ग फागो नगरको समस्या समाधानका लागि अहोरात्र खटिरहेका हुन्छन् । जनता सेवामा आफ्नो जीवन सुम्पिएका फागोले जनता कै हित चाहान्छन् । उनलाई विभिन्न बाहाना असफल बनाउन धेरै तप्पर छन् । जनताको सेवा र राजनीतिमा लागेर दाम भन्दा नि नामको भोको मेयर फागोलाई छिर्के हान्नेहरु आइरहे र आउनेक्रममा रोकिएको छैन । उनी राजनीतिबाट कमाउने हैन गुमाउने नेतामा पर्छन् ।

राजनीतिसँगै करोडौँ कमाएका नेताहरु उर्लावारीमा धेरै छन् । तर फागो यस्ता नेता हुन् जसले राजनीति गर्दा गर्दै करोडौंको सम्पत्ति सिध्याएका छन् । कसैलाई समस्या पर्दा जतिसुकै बेला जुनसुकै अवस्थामा पनि हाजिर हुने मेयर फागो मनका स्पष्ट छन् । उनका पनि केही कमजोरीहरु होलान् तर उनी कसैको पनि अहित चिताउन सक्दैनन् । एक पैसा नि नखाने खाएको प्रमाण दिए कारबाही भोग्न तयार रहेको बताउने मेयर खड्ग फागो उर्लावारीका डाइनामिक लिडर हुन् । जुनसुकै काम गर्दा पनि उनी विरुद्ध मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको छ । काम गर्दा बाधा अड्चन आउने बताउँदै उनी भन्छन’ काम गर्दै जाने हो । एक पैसा पनि भ्रष्टचार नगर्ने । जनताको हित चिताउने हो ।

जनता लाटा छैनन् । कसले के गरेको छ उनीहरुले मूल्यांकन गरिसकेका छन् ।’ उनी सधै जनताकै कामका लागि खटिएका हुन्छन् । बिहान सवेरै देखिको भेटघाट राति १० बजेसम्म हुन्छ । जनताको कामका लागि अहोरात्र खट्ने मेयर फागो घरपरिवारका लागि पनि समय दिन पाइरहेका हुँदैनन् । हरेक समस्यामा आउँदा उनलाई सम्झने उर्लावारीका युवाहरु यतिबेला फागो विरुद्ध लगाइएको प्रायोजित आरोप र मुद्दादेखि दुखित बनेका छन् । मेयर फागो अहोरात्र लागि रहे, तर उनलाइ असफल बनाउन लागिरहे । हात्ती हिड्दिै गर्छ कुकुर भुक्दै गर्छ, भनेझै कुनै प्रवाह नगरि मेयर फागो जनताको काममा मात्र चिन्तित छन् । धन्न मेयर फागो छन् र हामी जनताहरुलाइ्र्र के हुँदैछ कसो हुँदैछ सबै थाहा पाउँछौं, उनले भष्ट्रचार रोक्न खोज्दा उनी माथि नै जालजेल हुने गर्छ, यदि मेयर फागोको ठाउँमा अरु कोहिँ मेयर भएको भए सक्ने रैछ नि सबै ।, उनलाई नजिकबाट बुझ्नेहरु यसै भन्छन् । मेयर फागोले जनताको सेवा खुलाउन सहयोग गर्नु हुने कर्मचारी मनोज राई लाई धन्यवाद दिएका छ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ