arrow

चाडका बेला हाउजी 

logo
विजय  राई,
प्रकाशित २०७६ असोज १७ शुक्रबार

धनकुटा । दशै तिहार लगायत सबै चाड पर्वको अवसरमा धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पससहित रमाईलो हाउजी खेलको बिहीबार आयोजना गरेको छ । सबैको सहयोगबाट मात्र शान्ति सुरक्षा कायम हुने धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पस धनकुटाले आयोजना गरेको शुभ कामना आदन प्रदान कार्यक्रमका सहभागीहरुले बताए ।

धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पस धनकुटाका निर्देशक रामनारायण रामाको अध्यक्षताा भएको शुभ कामना आदान प्रदान कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण घिमिरे धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पसका सूचना अधिकृत गोविन्द्र निरौला,शिक्षक खगेन्द्र घिमिरे लगायतल दशै तिहार लगायत सवै चाड बर्षको अवसरमा शुभकामना व्यक्त गर्दै सवैको प्रयासबाट मात्र शान्ति सुरक्षा स्थापना गर्न सकिने भएकोले शान्ति सुरक्षा कार्यम गर्न सवैले सहयोग गर्नु पर्ने बताए ।

सोही अवसरमा आयोजना गरिएको रमाईलो हाउजी खेलमा विजेता भएका समाजसेवी जितकुमारी थापा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,पत्रकार इश्वर थापा ,विद्यार्थी सदिक्षा राई, प्रसिस श्रेष्ठ,समाजसेवी डिल्लीराम सापकोटा, समाजसेवी कुसुम श्रेष्ठलाई निर्देशक राम नारायण रामा, प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे, जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुदर्शन प्रसाद कोईराला, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग देवी धनकुटाका गुल्मपती डि एस पी सचिन कर्माचार्य, नेपला पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, इन्स्टिच्युटका सूचना अधिकृत गोविन्द निरौलाले पुरस्कार प्रदान गर्दै शुभ कामना दिएका थिए । 

कार्यक्रमको संचालन शिक्षक लिलवहादुर कटुलालले गरेका थिए । नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगाना, नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष पार्वती राई, राप्रपा संयुक्तका जिल्ला सदस्य मिन वहादुर कार्की, राष्ट्रिय जनमोर्चा नेपाल धनकुटाका सचिव कोपिला शंकर, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जयराम सापकोटा, भाषा माविकका प्रधानाध्यापक गोविन्द्र राई, गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई, गोकुण्डेश्वर बाल मन्दिर माबि धनकुटा ५ का प्रधानाध्यापक दामोदर मिश्र,सहायक प्रधानाध्यपक जिवन श्रेष्ठ,समाज सेवी जय पूर्ण भुजेल, नेपाल पत्रकार महासंघका १ नम्वर प्रदेशका उपाध्यक्ष स्मिता निरौला, सदस्य सन्तोष रुचाल, समाजसेव बिनय राई,ज्ञानेन्द्र वस्नेत, शिक्षक नगेन्द्र राई, समाज सेवी शंकर दाहाल, अनुजा पराजुली,पुस्कर श्रेष्ठ, महेन्द्र श्रेष्ठ,मञ्जु आचार्य, धनकुटा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु लगायत शिक्षक विद्यार्थी अभिभावक लगायत सबै सहभागीहरुले एक आपसमा शुभकामना आदन प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ