arrow

दशैँका लागि नयाँ नोटको अभाव  

logo
प्रकाशित २०७६ असोज १७ शुक्रबार
note-nepali-5-10.jpg.jpeg

बेत्रावती । मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो ।     
     
बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिए । उनका अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग रु तीन करोड माग गरे पनि त्यो अनुसार प्राप्त नहुँदा अभाव देखिएको हो ।     
     
“नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ ।” शाखा प्रमुख राजकर्णिकारले भने, “दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने भावना हटाउन जागरुक हुनुपर्ने देखिएको छ ।”     
     
नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् । 

दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ