arrow

त्रिशूली डाँडामा बस दुर्घटना, ३० घाइते    

logo
प्रकाशित २०७६ असोज १७ शुक्रबार
accident-final.jpeg

पोखरा । पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।     
     
इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ