arrow

पाँचथरमा नेकपाका ११ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ असोज १७ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

पाँचथर। नेकपा पाटी परित्याग गरी पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० का पूर्व वडा सदस्य तथा वडा सदस्यका उम्मेद्धवार सहित ११ जना नेता कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

जिल्लाको याङनामको खलंगटारमा आयोजित शुभकामना आदान प्रदान तथा पाटी प्रवेश कार्यक्रममा उनीहरुलाई कांग्रेसमा प्रवेश गराइएको हो ।

नेकपा पार्टीले झुटको मात्रै खेती गर्ने गरेको नागरिकको पक्षमा काम गर्न नसकेको हुँदा आफूहरु कांग्रेस पार्टीमा प्रवेश गरेका बताएका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपाको तर्फबाट पूर्व वडा सदस्य कालिका थाम्सुहाङ ०७४ को स्थानिय तहको निर्वाचनमा वडा सदस्यको उम्मेद्धवार बुद्ध थाम्सुहाङ, सन्दिप थाम्सुहाङ, संजय थाम्सुहाङ, चन्द्र जवेगु, बालकृष्ण जवेगु रहेका छन् ।

यस्तै डिल्लीराम घिमिरे, हेमकुमारी लोवा, मन माँया लोवा, दल बहादुर लामिछाने, बुद्ध थाम्सुहाङ, हर्क हाङसरुम्बा रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले नेकपाको दुई तिहाईको सरकारले देशमा नागरिकको पक्षमा काम नगरेर तानाशाह जन्माएको भन्दै यस्तै रवैया देखाइरहे यो सरकार ढल्ने चेतावनी दिए ।

उनले अहिले पनि देशमा सरकारकै उच्च पदस्थ ब्यक्तिहरु वलात्कारका घटनामा मुछिदा पनि कानुनको दायरामा ल्याएर कारवाही गर्न नसकेको, भ्रष्टचार, अनियमितता, महँगी, नियन्त्रण गर्न नसकेको, ३३ किलो सुनकाण्ड, निर्मला हत्याको आरोपीलाई पक्राउ गर्न नसकेको सरकारले नागरिकको पक्षमा काम गर्छ भन्ने जनतामा विश्वास नभएको बताए।

काग्रेस फिदिम १० को आयोजनामा संचालित कार्यक्रममा वडाका पाटी सभापति लिलाराम जवेगु, फिदिम १० का वडाअध्यक्ष तथा पाटीका क्षेत्रिय प्रतिनिधी विरहाङमा थाम्सुहाङ,(विना), कांग्रेसका नेताहरु चहकमान लोहार, हेम नेपाली, लोक प्रसाद जवेगु, शिव कुमार थाम्सुहाङ, रोशन जवेगु, फूल कुमारी नेम्बाङ जवेगु लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ