arrow

प्रहरी कार्यालय नजिकै चोरी

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
Kohalpur_Nagarpalika.png

राँझा । कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा गएराति चोरी भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको निवासदेखि अन्दाजी २०० मिटर दूरीमा रहेको घरमा चोरी भएको हो ।     
     
 घरमा कोही नभएको मौका छोपी चोरी गरिएको खुल्न आएको छ । घरका सबै सदस्य बाहिर रहेको र नजिकैका अन्य घरमा समेत कोही नभएको समयमा गहना र नगद चोरी गर्ने उद्देश्यले घरमा चोर पसेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख शाहीको अनुमान छ । 

घटनाको सम्बन्धमा अनुसन्धान गरी चोरको खोजी भइरहेको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ