arrow

पाल्पा रामपुरमा दशैं मिलन कार्यक्रम

मुलुकमा नैतिकताको खडेरी देखिन थालेकोमा चिन्ता    

logo
सीता डोटेल।
प्रकाशित २०७६ असोज १९ आइतबार
rampur-dashain-greetings.jpg

पाल्पा। प्रदेश नं ५ का सांसद विरबहादुर रानाले मुलुकमा नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थालेको बताएका छन्। उनले राज्य सञ्चालकहरुबाटै बेलाबेलामा संविधान र नीतिलाई मिचेर अघि बढ्ने प्रयास हुँदा समस्या देखिन थालेको बताए।

कालीगण्डकी फाउण्डेशन नेपालले रामपुरमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा परिचयात्मक कार्यक्रममा बोल्दै रानाले राज्य संञ्चालकहरुबाटै हुने क्रियाकलापले गणतन्त्रलाई खतरामा पारेको बताए।रानाले संघियतासंगै जनताका चाहना अनुसार काममा नलाग्दा व्यवस्था र राजनैतिक दलप्रति नै वितृष्णा बढेको भन्दै अब जनप्रतिनिधिहरु काममा लाग्ने समय आएको बताए।

रानाले विगतमा सामाजिक कामका लागि तछाड र मछाड गर्नेको संख्या बढी भए पनि अहिले पाईनै छाडेको बताए। उनले भने, ' हामी यति सम्म भयौ की अरुको भर पर्दा हिजो गोरेटो बाटो, पंधेरो सफा गर्ने हामी आज आँगनको खाल्टो सम्म नपुर्ने भयौ ।’ 

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको विकासको लागि संघसंस्थाहरुसंग सहकार्य गरेर अघि बढिरहेको बताए। उनले रामपुर नगरपालिकाले हाल दिगोविकासको लागि योजना निर्माण गरिरहेको भन्दै कालीनदी संरक्षणको अभियानमा साथ दिन आग्रह गरे। उनले कालीगण्डकी फाउण्डेशन नेपाललाई कालीगण्डकी बेशीका स्थानिय तहहरुलाई समेटेर पर्यटन, धार्मिक स्थलहरुको प्रवर्दनमा लाग्न सुझाव दिए ।

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकालले विभिन्न दातृनिकाय तथा गैरसरकारी संस्थाबाट प्राप्त सम्पति राज्यको भएकाले यसको उचित संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए। रामपुर नगरपालिकाका सल्लाहकार लेखनाथ पोखरेलले जसरी कालीनदीले आफ्ना वरपरका साना नदीहरुको संरक्षण गरेको छ त्यहि अनुसार काम गर्दै सबैलाई समावेश गरेर अघि बढ्न सुझाव दिए । रामपुर नगरपालिका विशेष समन्वय समितिका सदस्य राजु प्रसाद श्रेष्ठले नाम अनुसार काम गर्दै जान आग्रह गरे ।

कार्यक्रममा अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप रानाले कालीनदी धार्मिकसँगै पर्यटनको विकासको लागि महत्वपूर्ण रहेको बताए। उनले कालीनदीको बारेमा विभिन्न धार्मिक ग्रन्थमा पनि उल्लेख गरिएको भन्दै यसलाई प्रचार प्रसार गर्न सके लाखौं पर्यटक भित्र्याउन सकिने बताए।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल निस्दी १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँण, नेपाल कम्युनिष्ट पार्टी नेकपा पाल्पाका जिल्ला सदस्य दुर्गा देवी राना, नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवी सिग्देल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, राम मन्दिर संरक्षण समितिका अध्यक्ष फणेश्वर गौतम, युवा निर बहादुर सारु लगाएतका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा रामपुर नगरपालिकाका सहित वरपरका जनप्रतिनिधि, राजनैतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना आदनप्रदान गरेका थिए। होटल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रम कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षता, उपाध्यक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ