- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । थाइल्याण्डका एक न्यायाधीशले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतभित्र आफूलाई गोली ठोकेका छन् ।
गत शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश कनिकन फिएन्चनाले पाँच मुस्लिम पुरुषहरूलाई सफाइ दिएका थिए ।
न्यायपालिका निष्पक्ष हुनुपर्ने भन्दै न्यायिक शपथ वाचन गरेका ती न्यायाधीशले अकस्मात् पेस्तोल निकालेर आफ्नो छातीमा गोली हानेको बीबीसीले जनाएको छ ।
उनको ज्यान भने जोगिएको छ । उनी अस्पतालमा स्वास्थ्यलाभ गर्दैछन् ।
हत्या र अवैध बन्दुक राखेको मुद्दामा उनले पाँच जनालाई प्रमाण नपुगेको भनेर सफाइ दिएका थिए । त्यसपछि उनले आफ्नो इजलासमा भावुक हुँदै फेसबुकमा लाइभ गर्दै सम्बोधन गरे ।
उनले ‘कसैलाई दण्ड दिन स्पष्ट र विश्वसनीय प्रमाण चाहिन्छ। यदि तपाईँ निश्चित हुनुहुन्न भने दण्ड नदिनुहोस्’ भने र बोल्दाबोल्दै फेसबुक लाइभ बन्द भयो अनि दिवङ्गत थाई राजाको तस्बिरअघि एउटा न्यायिक शपथ वाचन गरेर पेस्तोल निकालेर आफैलाई गोली हाने।