arrow

यसरी प्रहरीद्धारा सम्मानित भइन् चार कक्षामा पढ्ने करुणा 

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७६ असोज २५ शनिबार
sammanit.jpg

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीद्वारा करुणा श्रीपाली सम्मानित भएकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले ६४ औं प्रहरी दिवसको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा सम्मान गरेको हो । 

गत असोज २२ गते करुणाले जिल्ला अदालत अगाडि १० हजार ४५ रुपैयाँ नगद सहितको लेडिज व्याग फेला पारी जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुझाएकी थिइन् । 

२३ गते नै उक्त व्याग सम्बन्धित व्यक्तिलाई पत्ता लगाएर कार्यालयमा नै बोलाई प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले हस्तान्तरण गरेका थिए । 

करुणाले गरेको कार्य इमानदारीप्रति सम्मान स्वरुप दोसल्ला ओढाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सम्मान गरेका हुन् । 

करुणा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ६ बालकोट घर भई हाल रेसुङ्गा नगरपालिका वडा नं ८ खानिगाँउ बस्ने मीना श्रीपालीकी छोरी हुन् । उनी उपल्लो तम्घास मावीमा कक्षा ४ मा अध्ययनरत छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ