arrow

 शरणार्थी शिविरमा आगलागी, नौ वटा छाप्रा पूर्ण रुपमा जले  

logo
प्रकाशित २०७६ असोज २६ आइतबार
fire-final.jpeg

दमक । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो ।     
     
नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए । 

आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ