arrow

घरमै पसेर बालिकामाथि करणी प्रयास गर्ने २२ वर्षे युवा पक्राउ 

logo
महेश सिंह, 
प्रकाशित २०७६ असोज २७ सोमबार
Kalyanpur_NaPa.png

सिरहा । सिरहाको कल्याणपुर ८ मा सडकमै  किशोरीमाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

घरमा साँझको बेला कोही नभएको अवस्थामा मौका मिलाई  त्यही गाउँका २२ वर्षीय मो रहिम मन्सुरीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका हुन् । 

घरमा पसी मुख छोपी जबर्जस्ती करणी गर्ने प्रयास गरेपछि बालिका चिच्याएपछि स्थानीय  बासिन्दाहरुले उद्दार गरेका थिए । 

स्थानीयले युवकलाई पनि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । घटनापछि राति बालिकाको चेकजाँचका लागि जिल्लाकै अस्पताल सिरहामाको स्वास्थ्य जाँच गरिएको छ । 

रिपोर्ट आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सुकदेव खनालले जानकारी दिए । बलात्कारको प्रयास गर्ने युवकलाई प्रहरी ईलाकामै राखिएको छ । पीडित र पीडितका परिवारले दिएको उजुरी अनुसार युवकलाई नियन्त्रणमा राखी ईलाकामा प्रहरी प्रमुख राखी थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ