arrow

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते राईको मृत्यु

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ असोज २७ सोमबार
dalkarana_rai.jpg

पाँचथर । गत असोज १७ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पाँचथर फिदिम २ का एक ब्यक्तिको सोमबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम २ का दलकर्ण राई रहेका छन् । उनको नोभेल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।

गत असोज १७ गते बा ५२ प ६२०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल चालक फिदिम ४ का विराज राई अहिले प्रहरीको नियन्त्रणमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ