arrow

सुँगुरको मासु खाएर बिरामी भएका थप एक कैदीको मृत्यु

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ असोज २७ सोमबार
karagar-panchthar.jpg

पाँचथर । सुँगुरको मासु खाएर अशक्त बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको आइतबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । 

राईसँगै सुगुँरको मासु खाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत असोज १९ दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ ।

फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षिय बुद्धि केरुङको गत असोज २० गते दिउसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति ज्यान गएको थियो । 

मासु खाएर विरामी भएका ४ जनामध्ये अहिले एक जनाको मेची अंचल अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको कुम्मायक गाउँपालिकाका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुंगानाका अनुसार दशैं मनाउन कारागारभित्र तीन वटा सुँगुर काटेको त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि बिरामी परेको हुन् । मासुमात्र खाने अरु बिरामी नपरेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ