arrow

पाँच बिघा खेतमा लगाइएको धान बाली हात्तीको बथानद्वारा सखाप  

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
Elephant-1-750x500.jpeg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जङ्गली हात्तीको बथानले आइतबार राति पाँच बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ ।     
     
 शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै बस्तीमा छिरेको हात्तीको बथानले पाकेको धानबालीमा नोक्सानी पुर्याएपछि स्थानीय किसान निकै चिन्तित भएका छन् । पाकेर काट्नै लागेको धानबालीमा हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडाध्यक्ष बहादुर महराले बताए ।
     
 साँझ नपर्दै बस्तीमा छिरेका हात्ती भगाउनका लागि रातभर जाग्राम बस्नुपरेको उनले बताए । दुई दर्जन बढी किसानको धानबालीमा व्यापक नोक्सानी पुगेको छ उनले भने, “गाउँका बासिन्दाको सहयोगमा हात्ती भगाउन पूरै रात खटिए पनि धानबाली जोगाउन सकेनौँ ।” हात्तीको बथान नजिकैका बैजनाथ र भगवती सामुदायिक वनतर्फ लागेकाले मानवीय क्षति हुन नदिनका लागि वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ ।     
     
 दुई साता अघि पनि जङ्गली हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा प्रवेश गरी सात बिघा बढी जग्गाको धानबालीमा नोक्सानी गर्नुका साथै तीन जना किसानको घरसमेत भत्काएको थियो । प्रत्येक वर्ष यस क्षेत्रमा हात्तीको बथानले उपद्र मच्चाउँदै आएको छ । स्थानीय किसानले पूरै धानबालीमा नोक्सानी पुगेपछि स्थानीय तह, डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिका लागि माग गरेका छन् ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ