arrow

वडासदस्य शिवुको निधन, राजविराज नगरपालिका शोकमा बन्द    

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
Rajbiraj_Nagarpalika1.png

राजविराज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु)को निधनप्रति शोक व्यक्त गर्दै सोमबार राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ ।     
     
 राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असामयिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ ।  वडासदस्य यादवको निधनप्रति शोक जनाउन सोमबार राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राजविराज नगरपालिका–१२ का वडासदस्य ६५ वर्षीय यादव (शिवु) को शुक्रबार निधन भएको थियो ।     
     
 यादव लामो समयदेखि बिरामी थिए । स्थानीय निकायको निर्वाचनमा राजपा नेपालबाट उनी वडासदस्य पदमा निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ