- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीस्थित सीमा रक्षाका लागि खटिएका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट सिमरामा कार्यरत सुरक्षाकर्मी पानी चुहिने भवनमा बस्न बाध्य भएका छन् ।
पुरानो भन्सारको भवनमा बस्दै आएका उनीहरु पानी चुहिने भवनमा बस्न बाध्य भएका हुन् । यसरी पानी चुहिने भवनमा बस्दा सुरक्षाको लागि राखिएको हतियार, खाने अन्न तथा कपडाको सुरक्षा कसरी गर्ने भन्ने त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई सधैँ सताउने गरेको छ ।
सर्लाहीसहित देशैभरका सुरक्षा बेस क्याम्पमा यस्तै समस्या रहेको र यो माथिल्लै निकायबाट यस विषयमा पहल गरेमात्रै परिवर्तन हुन सक्ने सशस्त्रका उच्च अधिकारीहरुको भनाई छ ।
जसरी नेपाल प्रहरीले शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट एकैपटक देशको विभिन्न ठाँउमा भवन बनाउन सफल भएका थिए त्यसैगरि भवन बनाउन सकेमा यस समस्याको दिर्घकालीन समाधान आउने यस क्षेत्रका जानकारहरु बताउँछन् । सर्लाहीका अधिकांश स्थानको सशस्त्र प्रहरी बलको भवन चुहिने गरेको छ ।