arrow

विप्लवका कार्यकर्ता धमाधम पक्राउ, मजुवाखोलाबाट दुई जना समातिए 

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
biplab-maobadi.jpeg

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो ।     
     
नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । 

बुधबार रातिमात्रै प्रहरीले विप्लवका दाजु ‘वीरजङ्ग’ सहित २१ जनालाई पक्राउ गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ