arrow

रीना बस्नेत रहस्यमय मृत्युको छ महिना पूरा, घाइतेले अझै पाएनन् उपचार

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
rina-basnet.jpg

मोरङ । मोरङ पथरी कि रीना बस्नेतको रहस्यमय मृत्यु प्रकरणले छ महिना पूरा गरेको छ । यो अवधिमा पनि त्यस घटनामा घाइते भएकाले अझै राम्ररी उपचार गर्न पाएका छैनन् । अहिलेसम्म पथरीका आम व्यापारी र सर्वसाधारणले रीनाको हत्या भएको भन्ने गरेका छन् ।

देश विदेशमा समेत चर्चा पाएको यो घटनाको अनुसन्धानले मृत्यु भएको पुष्टि गरेको प्रहरीले बताइसकेको छ । यो घटनामा घाइते भएका सोमबहादुर विश्वकर्मा (गणेश) ले भने अझै राम्रोसंग उपचार गर्न सकेका छैनन् ।

पथरी शनिश्चरे ७ निवासी विश्वकर्माका परिवारले पथरीमा नै किराना पसल संचालन गर्छन् । सोमबहादुर भने अर्काको सुनचाँदी पसलमा ज्यालामा काम गर्छन् । रीनाको मृत्युपछि आन्दोलनमा लागेको अश्रुग्याँसको खोकाले घुँडामा कहिले नमेटिने घाउ बनेको छ । न त बसेर दिनभरी काम गर्न सक्छ्न, न त काम नगरी खान नै पुग्छ । 

स्वस्थ्य हुँदा दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म कमाइ गर्दै आएका सोमबहादुरले अहिले बल्लतल्ल ३–४ सय कमाउने गरेको बताए । रीनाको सत्य तथ्य छानबिन गर्न दबाबका लागि बनेको संघर्ष समिति र पथरी उद्योग बाणिज्य संघले संयुक्त रुपमा पथरीका व्यावसायीलाई पसल बन्द गरेर आन्दोलनमा उत्रन उर्दी गरेको सोमबहादुरले बताए । 

सोही अनुसार नगरपालिकाबाट उपमेयरसहितको टोली प्रहरीमा गएको र इलाका प्रहरी कार्यालय पथरीमा घटनाका बारेमा निष्पक्ष छानबिन गर्ने सल्लाह भएपछि जाँतेमोडमा आइपुग्दा प्रहरीले अश्रुग्याँस हानेको सोमबहादुरलाई अहिले जस्तो लाग्छ । प्रहरीले प्रहार गरेको अश्रुग्याँसको खोकाले सोमबहादुरको घुँडामा चोट लागेको थियो । 

तत्काल पथरीको मोरङ अस्पतालमा उपचार गराएर विराटनगरस्थित नोबेल मेडिकल कलेजमा रिफर गरिएको थियो । नोबेलमा एक्सरे गरेरसमेत हेर्दा अन्य चोट नदेखिएको र घुँडाको उपचार गरेर फर्किएको सोमबहादुरको भनाइ छ । 

 फेरि सोही खुट्टा दुख्ने र काम गर्नै नसक्ने भएपछि नोवेल पुग्दा अश्रुग्याँसको खोकाले लागेको चोटका कारण एउटा नसामा रगत जमेको भनेपछि सोमबहादुरको होस नै उडेको छ । दिनको ३५ सय बराबरका २ वटा सुइ ६ महिना लगाउनुपर्ने डाक्टरको सल्लाह छ तर पैसाको अभावमा सोमबहादुरले १ लाख जति खर्च गरेर अहिले घरमै बस्छ्न् । बिहान बेलुका दुखाइ कम गर्ने औषधी खाएर बस्दै आएका सोमबहादुरले गुहार मागेपछि नगरपालिकाले २१ हजार सहयोग गरेको छ । 

उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने आश्वासन दिएको सोमबहादुरले सुनाए । डाक्टरका अनुसार अहिले सुन्निएको खुट्टा जीवनभर नै एउटा सानो र एउटा ठुलो हुने सोमबहादुरको भनाइ छ । अप्रेशन गर्न सम्भव नभएपछि सुइको माध्यमबाट जमेको रगत निकाल्नुपर्ने भएको हो ।

आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म उपचार गराएको र अब सबैले साथ सहयोग गरे आफ्नो उपचार सम्भव भएकाले सोमबहादुरले सहयोगको अनुनय विनयसमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ