arrow

संस्थाबाट ठगिएका ठेकेदार नै ठगिको आरोपमा पक्राउ

logo
ओखलढुंगा समाचारदाता,
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
sastaghat.jpg

ओखलढुंगा ।  स्वयसेवी अभियान नेपालको सहयोगमा निर्माणधिन सामूदायिक अध्यान केन्द्र निशंखेको भवन निर्माणको जिम्मा लिएका ठेकेदारलाई संस्थाले उल्टै अपराधिक विश्वास घातको मुद्दा हालेको छ । संस्थाले दिनु पर्ने ज्याला पुरा नदिई ठेकेदार प्रेमनाथ सिंहलाई अपराधिक विश्वास घातको  कसुर अनुसारको मुद्दा हालेको हो ।

उनले पाउनु पर्ने ज्याला वापतको रकम नपाएपछि विचमा केही समय काम रोकेर बसेका थिए । सोही आधारमा सम्झैता अनुसार काम नगरेको भन्दै स्वंसेवी अभियान नेपालले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गत असोज १७ मा अपराधिक विश्वासघात कसुर अन्तरगतको मुद्दा दर्ता गराएको थियो । भवन निर्माणका क्रममा संस्थाले टेण्डर नै नखुलाई आफैले बनाउने गरी कर्मी तथा ज्यामी ज्याला दिने सर्तमा संझौता गरी काम जिम्मा लगाएको थियो । भवन निर्माणमा प्रयोग गरिने कच्चा पदार्थहरु गुणस्तरहिन देखिनुका साथै ठेकेदार, कामदार र संस्था विच आरोप प्रत्यारोप हुनुले भवन निर्माणमा चरम लापरवाही भएको देखिन्छ ।

४ करोड भन्दा बढी बजेटको उक्त भवन निर्माणका लागि ठेक्का लगाउनु पर्नेमा संस्थाले आफै बनाउने गरी लाइसेन्स नभएका एक इण्डियन नागरिक लाई ५३ लाख ज्याला दिने गरी सम्झौता गरेको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्नु पर्ने भएपनि संस्थाको अनुरोधमा सम्झौता भन्दा दोब्बर काम गरेको तर संस्थाले ज्याला वापतको रकम नदिइ उल्दै प्रहरीमा उजुरी दिइ पक्राउ गरेको उक्त कामको जिम्मा लिएका ठेकेदार प्रेमनाथ सिंहले बताए । सम्झौता अनुसार ठेकेदार सिंहले ५३ लाखमा भुइतला २६०० बर्गफिट, पहिलो तला २६०० बर्गफिट र दोस्रो तला २१०० बर्गफिट काम गर्नुपर्ने हुन्छ । साथै ५६०० बर्गफिटको बाहिरी शेर वाल लगाउनु पर्ने उल्लेख छ । त्यस्तै ६०,००० लिटर क्षमताको पानी ट्याङ्की निर्माण गर्नु पर्ने छ ।

तर अहिले भवनको भूतला ३००० बर्गफिट,पहिलो तला ३००० बर्गफिट, दोस्रो तला ३२०० बर्गफिट र तेस्रो तला १००० बर्गफिट काम गरिएको ठेकेदारले बताए । त्यस्तै ६०० बर्ग फिटको ट्वाइलेट र ७३००० लिटरको पानी ट्याङ्की र ५६०० बर्गफिटको शेर वाल निर्माण गरिएको भएपनि संस्थाले पैसा दिनु पर्नेमा उल्टै मुद्धा हालेर फसाएको आरोप लगाए । साढे २ तलाको भवन बनाउने ठेक्का संझौता गरिएपनि आपसी समझदारीमा साढे ३ तलाको भवन निर्माण गरिएको उनले बताए । स्वयम सेवी अभियान नेपालले आवश्यक सबै कच्चा पदार्थ दिने र ज्याला स्वरुप ५३ लाखमा संझौता गरेको भवन निर्माण ७ हजार ३ सय बर्गफिट काम हुनु पर्नेमा १० हजार २ सय बर्गफिट काम सम्पन्न भएपनि ज्याला दिनुको सट्टा अपराधिक विश्वासघातको मुद्धा चलाएर फसाएको प्रेमनाथ सिंहले गुनासो गरे ।

भवन निर्माणमा संस्थाले स्थानीय कच्चापदार्थ कमसल लगाएको र सम्पत्तिको दुरुपयोग गरेको उनले बताए । स्थानीय वारी पाखामा हुने ढुंगालाई फुटाएर गिट्टीका रुपमा प्रयोग गर्न लगाएको, कमसल सिमेन्ट प्रयोग गरेको र भवनको बाहिरी आवरण मात्र राम्रो बनाएर भित्री कच्चा पदार्थ पूर्ण रुपमा कमशल प्रयोग गरिएको उनको भनाइ छ । संस्थाले खर्च भएअनुसारको ज्याला नदिएपछि आफुले केही ज्यामिलाई ज्याला समेत दिन नपाएको सिंहले दुखेसो पोखे । तेत्रो काम गरेपनि संस्थाका प्रतिनिधि आफै ठेकेदार बनेर काम गरेको र ज्यामिको ज्याला नदिई उल्टै ठगीको आरोप लगाएर आफुलाई फसाएको भन्दै उनले सम्बन्धित निकाय संग वास्तविक्ता बुझी आवश्यक कारवाही गर्न आग्रह गरेका छन् ।

 स्वयम सेवी अभियान नेपालका कार्यक्रम संयोजक आशिष रेग्मीले असोज १७ गते ठेकेदार प्रेमनाथ सिंगलाई अपराधिक विश्वासघात अन्तरगतको कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही अनुसार सिंहलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा हिराशतमा राखि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ