arrow

वडाध्यक्षमाथि कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीद्वारा कामकाज ठप्प

logo
मुकेश यादव,
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
karmachari3.jpg

बारा । कलैया उप–महानगरपालिकाका कर्मचारीले वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेका छन् ।

 उनीहरुले उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेलाई आक्रमण र गालीगलौज गरेको भन्दै सहनीमाथि कारबाहीको मांग गरी आजदेखि उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द गरेका छन् ।

उपमहानगरपालिका भित्र रहेका सबै संस्था बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीहरुले काम काज ठप्प पारेपछि कलैया बजारको फोहोर समेत उठन सकेको छैन ।

गएको शुक्रबार वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन हटाएको भन्दै आफूलाई गालीगलौज गर्नुको साथै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले आरोप लगाएका छन ।

आफूले वडाको योजना किन हटाएको भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद हुँदा टेबल ठोकाठोक मात्रै गरेको तर हातपात भने नगरेको वडाध्यक्ष सहनीले दाबी गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ