arrow

विराटनगर महानगर र भारतका दुइ स्थानीय प्रमुख,उपप्रमुखवीच भेटवार्ता

नेपाल भारतका दुइ छिमेकी स्थानीयतहबिच समन्वय आबश्यक भएको धारणा

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
biratnagar-mahanagar1.jpg

विराटनगर । छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तह वीच समन्वय आबश्यक रहेको सरोकार सम्वन्ध व्यक्तिहरुले बताएका छन् ।  जोगवनी नगरपञ्चायत ,फारविसगन्जका मेयर ,उपमेयर र वडा पार्षदहरु सम्मिलित आइतवार विराटनगर महानगरमा भएको भेटवार्तामा सहभागिहरुले यस्तो बताएका हुन् ।
 
जोगवनी नगरपञ्चायत मेयर अनिता देवी , फासविस गन्ज नगरपालिका उपमेयर मोती खान , भाजपा जोगवनी नगर पन्चायतका अध्यक्ष राजनन्द यादव र जोगवनी र फारविसगन्जका विभिन्न वडाका पार्षद ,उपपार्षदहरु र विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सम्मिलित  भेटवार्तामा सहभागिहरुले दुवै देशका छिमेकी स्थानीय तह संग समन्वय आबश्यक रहेको औल्याएका थिए ।

भेटबार्ता तथा छलफलका क्रममा विराटनगर र जोगवनी दुवै क्षेत्रमा हुने बाढीको प्रकोप समाधान गर्न सिमाक्षेत्र नेपाल र भारतका वडाध्यक्ष सम्मिलित बैठक वसी समाधान गर्ने ,लागूऔषध दुव्र्यसनी प्रयोगमा हुने नियन्त्रणका लागि समन्वय गर्ने,मानव वेचविखन नियन्त्रणका लागि समन्वय गर्ने सहमती भएको छ ।

 यस्तै विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदका वीचमा भगिनि सम्वन्ध कायम गर्न प्रक्रिया अगाडी वढाउने विषयमा समेत छलफल भएको थियो । यस्तै नेपाल भारतको सीमाबर्ती नगरपालिकाहरुको वीचमा भाइचारा ,सद्भाव र समन्वय अभिवृद्धी गर्न प्रत्येक ३ महिनामा एकपटक पदाधिकारी सम्मिलित बैठक बस्ने निर्णय समेत भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

मेयर पराजुलीले दुवै छिमेकी मुलुक त्यसमा पनि सिमावर्ती नगरसंग भएको समन्वयात्मक भेटवार्ता समयअनुकुल रहेको र  सफल भएको बताए। यसखाले कार्यक्रमले दुवैदेशका छिमेकी स्थानीयतह वीच समन्वय हुन सक्दा दुवै देशलाई फाइदा हुने विस्वास मेयर पराजुलीको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ