arrow

करेन्ट लागेर ईश्वरको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
current-socked.png

पाँचथर ।  पाँचथरको कुम्मायक गाँउपालिकामा बिजुलीको करेन्ट लागेर सोमबार एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रुप्से गाँउपालिका वडा नं. ९ बस्ने २५ वर्षिय ईश्वर सारु मगर रहेका छन् ।

कुम्मायक गाँउपालिका बडा नं. ३ स्थित हाङथुवा भन्ने स्थानमा बिजुलीको काम गर्ने क्रममा निजलाई करेन्ट लागेको थियो । करेन्ट लागि सख्त घाईते भएका मगरलाई उपचारको लागी पाँचथर अस्पताल फिदिममा ल्याईएको थियो ।

मगरलाई अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ