arrow

एनआरएनए अमेरिकी उपाध्यक्ष वाग्लेद्वारा सहिद परिवार भेटघाट

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
sahid-patni.jpg

गोविन्द बजार । भारतीय अतिक्रमणको बिरोधमा एसएसबीको गोली लागेर शहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको घरमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले भेटघाट र आर्थिक साहायता गरेका छन् ।

कञ्चनपुरको पुनर्वास स्थित आनन्दबजारमा भारतीयले गरेको सीमा अतिक्रमणको विरुद्ध प्रदर्शनमा उत्रिएका गौतम २०७३ फागुन २६ गते एसएसबीले चलाएको गोली लागेर सहिद बनेका थिए ।

सुदुर पश्चिमको कञ्चनपुर भ्रमणमा आएका गैर आवासिय नेपाली संघ अमेरिकाका उपाध्यक्ष वाग्ले सहिद गौतमको घरमा पुगेका हुन । वाग्लेले सहिद गौतमका बाबू खिमलाल गौतम र आमा हरिदेवी गौतम संग भेटघाट गरेका थिए ।  सोहि समयमा वाग्लेले सहिद गौतमकी आमा हरिदेवी गौतमलाई नगद दस हजार सहयोग गरेका थिए ।

सीमावर्ती क्षेत्र र पुनर्वासका जनताहरुले झेल्दै आएका दु:ख पीडा र समस्याहरु उजागर गर्दै समाधानमा पहल  होस भनेर पुनर्वास नामक पुस्तक प्रकाशन गर्न थालेको गैर आवासिय नेपाली संघका उपाध्यक्ष वाग्लेले बताए । उनले भने" जन्म भुमिका निम्ति हरेकले केही गर्नु पर्छ भन्ने भावनाका साथ आफ्नो कृतिको नाम  पुनर्वास राखेर यहाँका समस्या ,पीडा संसार सामु उजागर गरि समाधानको पहलका लागि आफू लागि परेको छु ।"

कञ्चनपुरको दक्षिणी क्षेत्रका विभिन्न सीमावर्ती क्षेत्रमा स्थलगत अवलोकन गरेका वाग्लेले भने "भारतीय बिस्तारवादी नीति र हस्तक्षेपको बिरोधमा उत्रिएका स्वाभिमानी पुनर्वासी युवा गौतमले संसारमै मातृभुमिको लागि आबश्यक परे ज्याननै आहुती दिन नेपाली पछि पर्दैनन भन्ने सन्देश दिएका छन् । "

सोमबार सहिद गौतम परिवार संग भेटघाटमा पुगेका गैर आवासिय नेपाली संघ ( एनआरएनए ) उपाध्यक्ष वाग्लेले भने " सीमा रक्षाका लागि शहादत प्राप्त गर्ने वीर सहिद गोविन्द गौतमको परिवारको लागि आफुले भविश्यमा समेत के गर्न सकिन्छ योजना बनाउने छु ।"

सोमबार सहिद गौतमको घरमा पुनर्वास नगरपालिका स्तरीय जेष्ठ नागरिक समाजका अध्यक्ष बिश्वनाथ बिष्ट , समाजसेवी हरिप्रसाद अधिकारी सहित गैर आवासिय नेपाली संघका उपाध्यक्ष वाग्ले सहिद गौतमको परिवार संग भेटघाटमा पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ