arrow

एनआरएनए उपाध्यक्ष वाग्ले कञ्चनपुरमा सम्मानित

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
samman7.jpg

कञ्चनपुर । अमेरिका प्रवासमा रहेर नेपालको लोकतन्त्र र पार्टीलाई सहयोग गरेको भन्दै गैर आवासिय नेपाली संघ ( एनआरएनए ) अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेलाई मंगलबार कञ्चनपुरमा सम्मान गरिएको छ ।

अमेरिका प्रवासमा रहेका वाग्ले केही दिन अघि सुदुर पश्चिमको भ्रमणका क्रममा कञ्चनपुरको पुगेको समयमा उनलाई सम्मान गरिएको हो ।
सोमबार पुनर्वास स्थित उद्योग बाणिज्य संघको सभा हलमा कार्यक्रमको आयोजना गरि नेपाली काँग्रेस पुनर्वास नगर कमिटीले वाग्लेलाई सम्मान गरेको हो ।

नेपाली काँग्रेस द्वारा आयोजित सम्मान कार्यक्रममा पार्टीका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले गैर आवासिय नेपाली संघ अमेरिकाका उपाध्यक्ष वाग्लेलाई  कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता तथा पुर्व साँसद बिष्टले भने "कञ्चनपुर क्षेत्र नम्बर १ मा पार्टीको संगठन बिस्तारमा वाग्लेको योगदान रहेको छ । प्रवासमा रहेर पनि वाग्लेले पार्टी र लोकतन्त्रको लागि उल्लेखनीय सहयोग भइ रहेको छ । " मुलुकमा तानाशाही शैलीमा कम्युनिस्ट सरकारले देश चलाइरहेका बेला कम्युनिस्टका गलत कार्यहरुका विरुद्ध संघर्ष गर्न मुलुकमा वाग्ले जस्ता युवाहरुको खाँचो रहेको छ ।"

नेता बिष्टले भने " कञ्चनपुरको दक्षिणी क्षेत्रमा पार्टीको संगठन बिस्तार लोकतन्त्रको सुदृढीकरणमा वाग्ले परिवारको अत्यन्तै ठूलो योगदान रहेको छ ।" नेता बिष्टले भने " एनआरएनए उपाध्यक्ष वाग्लेका बुबा रामचन्द्र वाग्ले पार्टीको पुर्व क्षेत्रीय सभापति रहि पार्टी सुदृढीकरणमा लागेर आज पार्टी संगठन बलियो बनाउन वहाँको अमुल्य योगदान रहेको छ । "
 
सम्मान ग्रहण पश्चात् बोल्दै वाग्लेले भने" आफू सात समुन्द्र पारी भए पनि नेपाल र पुनर्वास भन्दा रहन सकेको छैन ।" उनले भने " म यहाँको माटोमा हुर्के तसर्थ अमेरिका रहँदा पनि नेपाली र पुनर्वासीकै अनुहार झलझल्ती सम्झने गरेको छु ।" आफू बिदेश रहेर मैले पुनर्वासका लोकतान्त्रिक धेरै अग्रज योद्धा गुमाएको छु ।" अहिले अमेरिका बस्दै आए पनि नेपाल र पार्टीलाई जिवनमा कहिल्यै भुल्न नसक्ने प्रतिवद्धता प्रकट गरे ।

मंगलबार आयोजित सम्मान कार्यक्रम नेपाली काँग्रेस पुनर्वास नगर कमिटीका सभापती यमप्रसाद पौडेलको  सभापतित्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ